साहित्य

मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा ‘सम्झनामा अप्सरा’ वृत्तचित्र प्रदर्शन

मकवानपुर, २५ साउन । मकवानपुरे साहित्यकार अप्सरा तिम्सिना लम्सालको पहिलो स्मृतिमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार‘सम्झनामा अप्सरा’ नामक वृतचित्र प्रर्दशनी तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । आँचल साहित्य कला पुञ्जको अध्यक्षसमेत रहेकी साहित्यकार तिम्सिनाको उपचारकै क्रममा २०७६ साउन १२ गते निधन भएको थियो । उनकै प्रथम स्मृति दिवसको अवसरमा आँचलले वृत्तचित्र निर्माण गरेको […]

दिवंगत साहित्यकार अप्सरा तिम्सिनाको जीवनमा आधारित वृत्तचित्रको ट्रेलर सार्वजनिक

मकवानपुर, १३ साउन । मकवानपुरकी चर्चित साहित्यकार दिवंगत अप्सरा तिम्सिनाको जीवनमा आधारित वृत्तचित्रको ट्रेलर सार्वजनिक भएको छ । महेन्द्र ओझाको छायाँकन र सम्पादनमा निर्माण भएको वृत्तचित्रको पुरा भाग केही दिनमा नै एनएस टेलिभिजन युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ । वृत्तचित्रमा चर्चित साहित्यकार अच्यूत घिमिरेले स्वरांकन गरेका छन् । हेर्नुहोस् वृत्तचित्रको ट्रेलर– जीवनमा अनेकौँ आरोह अवरोह आउँछन् […]

सविता लामाको ‘मौन’ कविता

एउटा रुख उभिरहेछ ठिङ्गरिङ्ग चैतमासको हुरीभन्दा ठुलो मेघ सामना गर्दै सुख्खा मरुभूमिबिच वास्तविकताको उभाई भन्दा बिल्कुलै फरक तरिकाले ।। एकटकले हेरिराख्छ र महसुशको पानापाना पल्ट्याईराक्छ पटकपटक वास्तविकताको सानो आँखिझ्यालबाट आफुभन्दा दुर रहेको अर्को सुन्दर रुखलाई । तर त्यो बिल्कुलै मौन तरिकाले । मानौँ त्यहाँ मौनताको बृहत सागर छ । तर बिडम्बना ! मौनताको सागरमा कोहि […]

साहित्यकार अनिशा पुडासैनीको आग्रह–‘नदेख सपना’

मकवानपुर, १९ भदौ । अनिशा पुडासैनी, मकवानपुरे साहित्यमा त्यो सुन्दर विम्व हो जो आफ्नै कवितामा मिसिएर मिठास छर्छिन् । अध्ययन र साहित्य साधनालाई सँगसँगै डोराएकी अनिशा कविता मात्र होईन, निवन्ध र गजल लेख्न पनि सिपालु छिन् । अझ भनौँ उनी साहित्यका धेरै विधाहरुमा कलम चलाउन सक्षम छिन् । समकालीन नेपाली कविता साहित्यको बजारमा अनिशा पुडासैनीका […]

कुसेऔँसीमा आमाको सन्देश छोरोलाई

–यश लामा हातको ठेला हेर् हातको ठेला थाप्लोमा नाम्लोको गहिरो डाम हेर् फुटेर चिराचिरा परेको पाइताला हेर् बाको असली अनुहार हेर् बाको असली अनुहार । अब बा मुहारमा देख्दैनस् तैँले तँ उभिएको ठाउँबाट पछाडि फर्केर हेर् एउटा असीमित दृश्य । मक्किएको हड्डीमा हेर् तेरो जिन्दगीको सर्टिफिकेट जालो परेको आँखामा हेर् तेरो सुदूर भविष्यको नक्सा । […]

साहित्यकार मसान उपासकको ‘घामको बाछिटा’ (भिडियो)

मकवानपुर, २४ साउन । पछिल्लो समय नेपाली साहित्यमा कविता लेखिरहेका मसान उपासकको कविता घामको बाछिटा कविता आएको छ । यो कविता जिवनको समग्र चक्रलाई घामसँग तुलना गरिएको छ । समग्र जीवन भनेको घामको जस्तै हो भन्न खोजिएको छ । जसरी घाम कहिले उज्यालिन्छ, कहिले अध्याँरिन्छ, कहिले छेकिन्छ , ठिक जीवन पनि त्यस्तै हो । यो […]

हेर्नुहोस हेटौंडाको प्रश्नहरुमा लेखक रामलालको सखि सेरोफेरोमा रहेर जवाफ (भिडियो)

मकवानपुर, २० साउन । २०७५ माघ १७ गते हेटौंडाले ‘ऐना’ कथा संङग्रहबाट २०७५ को मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको उपन्यास सखिको विमर्श कार्यक्रम सम्पन्न गर्यो । मातृभूमि साहित्य सामाज मकावानपुरको मुख्य आयोजनामा भएको उक्त कार्यक्रममा एन एस टेलिभिजन सह आयोजक तथा मिडिया सहकर्मीको रुपमा थियो । मकवानपुरका साहित्यकार एवम् चितवनवाट भुपिन र गणेश श्रमणको […]

पुरुषोत्तम आचार्यको ‘रातो मुखुन्डो’ (भिडियो)

मकवानपुर, १७ साउन । चर्चित मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यको ‘रातो मुखुन्डो’ शिर्षकको कविता युट्युबमा सार्वजनिक भएको छ । समकालीन नेपाली साहित्यको बजारलाई केही हदसम्म फराकिलो बनाउने उद्देश्य बोकेर पछिल्लो समय मकवानपुरबाट साहित्यको क्षेत्रमा मात्र केन्द्रित रहेर सुरुवात भएको नव साहित्य टिभीको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गजल गायनमा समेत अब्बल र चर्चित […]

‘सिर्जना र असार’, बन्दीपुर र दुराडाँडे दाई

धनप्रसाद तामाङ, बन्दीपुर, ५ साउन । ‘सालिन्द झैँ सम्पन्न भयो, यसपालाको ‘सिर्जना र असार’ साहित्यिक कार्यक्रम पनि । कास्की तनहुँ लमजुङ बाग्लुङ लगायत गण्डक सेरोफेरोका स्रष्टा सर्जक सिर्जनधर्मीहरुको सिर्जनाका अनेक विधाहरुको साथमा–सहितमा–साहित्यमा । सिधा खेतमै, गाभामै, रोपामै, रोपारहरुसंगै खेतालाहरुसंगै किसानहरुसंगै, उनीहरुको स्थलगत कृषिकर्मसंगै असारेभाका रन्काउदै, मनका मिठासहरु साट्दै, मनमाटोहरुमा अक्षर र अक्षताहरु डोब्दै उमार्दै, मनको […]

मकवानपुरे साहित्यकार छवि अनित्यको ख्याक कविता–‘घण्टाकर्ण’ (भिडियो)

मकवानपुर, ८ असार । मकवानपुरे चर्चित साहित्यकार छवि अनित्यले शनिबार हेटौँडामा एउटा ख्याक कविता सुनाए, कविताको शिर्षक थियो ‘घण्टाकर्ण’ । यो कविताले हेटौँडामात्र होईन देशलाई नै हल्लाउन सक्छ । हेटौँडाको न्युज क्लब नेपालमा भएको छवि अनित्यको एकल कविता वाचन तथा अन्तरक्रियामा उनले यो कविता सुनाउँदा हलभरि ताली बज्यो । ‘यस’ हेटौँडाको सातौँ श्रृङ्खला अन्तर्गत एनएस […]