अन्य समाचार

नेपालमै पहिलो पटक मकवानपुरबाट ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण

मकवानपुर, ९ चैत । नेपाली पत्रकारिताको ईतिहासमै पहिलो पटक ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सोमबार ‘ज्येष्ठ पत्रकार पेन्सन वितरण शुभारम्भ कार्यक्रम’ को आयोजना गरी मासिक रुपमा पेन्सन वितरण गर्ने कार्यको सुरुवात गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका […]

मकवानपुरे सञ्चारकर्मी राजेश गरिब प्रेस संयोजकमा नियुक्त

मकवानपुर, ३ चैत । मकवानपुरे संचारकर्मी राजेश थापा ‘गरिब’ मञ्जुश्री असहाय संरक्षण केन्द्र , बागमती प्रदेशको प्रेस संयोजकमा चयन भएका छन् । वि.सं. २०७२ सालमा स्थापना भएर महिला तथा बालकालिकाको क्षेत्रमा कार्य गर्दै आएको संरक्षण केन्द्र बागमती प्रदेश प्रेस संयोजकमा गरिब चयन भएका हुन् । ‘महिला तथा बालबालिका विरुद्ध हुने हिँसा र शोषणको अन्त्य गरौँ’ […]

नारी दिवसको अवसरमा हेटौँडामा वृहत र्याली

मकवानपुर, २४ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार हेटौँडामा बृहत र्याली आयोजना गरिएको छ । महिला तथा बालबालिका सरोकार केन्द्रको आयोजना, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ टोल विकास समिति र पैरवी समुह मकवानपुरको सहकार्यमा बृहत र्याली गरिएको हो । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गूठी विशालनगर , काठमाडौं को प्रायोजनमा र्याली भएको हो । […]

खैराङको कालिका माविमा पूर्व विद्यार्थीहरुद्वारा सहयोग

मकवानपुर, ५ फागुन । श्री कालिका माध्यमिक विद्यालय खैराङ अठारेका पूर्व विद्यार्थी समूहले विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका १५ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयले छनौट गरेको आधारमा जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका र शारिरिक अपाङ्गता भएका १५ जना छात्रछात्राहरूलाई वसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर शैक्षिक […]

शुभराज भोम्जन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको सचिवमा चयन

दक्षिण कोरिया, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको सचिवमा शुभराज भोम्जन चयन भएका छन् । केही समय अघि मात्रै केपी ओली खेमा पार्टी संगठनको मुल प्रवाहबाट अलग भएपछि प्रवास संगठन दक्षिण कोरियाबाट पनि ओली खेमा अलग भएको थियो । तात्कालिन पार्टी सचिव टेक पुन मगर पार्टी […]

हेटौँडाबाट संचालित लोकखबर डटकम चौथो वर्षमा

मकवानपुर, १६ माघ । मकवानपुर जिल्लाको हेटौँडाबाट संचालित लोकखबर डटकम शुक्रबारबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । माघ १६ गते, सहिद दिवसको दिनबाट प्रकाशन सुभारम्भ भएको लोकखबर अनलाइन पत्रिकाले आफ्ना समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ । लोकखबर संचालक संस्था मध्यस्थता मिडियाका अध्यक्ष शिवप्रसाद चौलागाईंले अनलाइनलाई साथ सहयोग […]

सञ्चारकर्मी अमर लामाको पहलमा बालबालिकालाई न्यानो कपडा

मकवानपुर, ११ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । मकवानपुरे संचारकर्मी अमर लामाको पहलमा विद्यार्थीहरुलाई स्वेटर, जुत्ता, टाउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो । कोरिया, जर्मन, पोर्चुगल तथा कोरियामा कार्यरत मनकारी नेपालीहरुले पठाएको सहयोग […]

FNJ Makawanpur-Murchunga TV

६० वर्ष पुगेका पत्रकारलाई मकवानपुरमा मासिक ४ हजार पेन्सन

मकवानपुर, २४ मंसिर । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ । पत्रकार महासंघ मकवानपुर साखाको आजको कार्यसमिति बैठकले जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधी, २०७७ को पास गर्दै पेन्सन दिनका लागि सुरुवात गर्न लागेको […]

हात्तिगौँडामा जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा सम्पन्न

मकवानपुर, ७ मंसिर । जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौँडा १२ को वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भौतिक दुरी कायम गरी साधारण सभा गरिएको संस्थाका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिए । साधारणमा सभामा अतिथिहरुलाई निमन्त्रणा नदिई प्रमुख अतिथिको मात्र […]

शिखरपानीमा चुरियामाई माविको भवन उद्घाटन तथा नयाँ भवनको शिलान्यास

मकवानपुर, १७ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा अवस्थित श्री चुरियामाई माध्यमिक विद्यालयको ४–४ कोठाको २ वटा भवन उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कार्यान्वयन ईकाई (डिएलपिईयु) को सहयोगमा तयार भएको चारकोठे २ वटा भवनको उद्घाटन तथा शिलान्यास कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । त्यस्तै डिएलपिईयुकै सहयोगमा […]