पदमपोखरीका थोकर सिस्नेरी मृत फेला

४ असार २०७७, बिहीबार १६:४५

मकवानपुर, ४ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका कृष्णबहादुर थोकरको शव ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा फेला परेको छ । बुधबार थोकरको शव सिस्नेरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

थोकरले झाँक्री काम गर्दै आएका थिए । उनी सिस्नेरी किन पुगे र कसरी उनको मृत्यू भयो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । (समृद्ध समाज राष्ट्रिय दैनिकबाट)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*