नेपाल स्टारको काठमाडौँ अडिसन शनिबार आउँदै

३१ जेष्ठ २०७७, शनिबार १५:५७
Featured Video Play Icon

मकवानपुर, ३१ जेठ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को काठमाडौँ अडिसन यही जेठ ३१ गते प्रसारण हुने भएको छ । नेपाल स्टार टिमले आफ्नो अफिसियल फेसबुक पेजमार्फत काठमाडौँ अडिसन जेठ ३१ गते शनिबार राति ८ः५० मा नेपाल टेलिभिजनमार्फत प्रसारण हुने जानकारी गराएको हो । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको यसअघि नै नेपालका विभिन्न ७ स्थानहरुमा भएको अडिसन राउण्ड प्रसारण भइसकेको छ । हेर्नुहोस् भिडियो–

१६ वर्षदेखि ४५ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागी हुन पाउने प्रतियोगिताको नेपालका विभिन्न ८ स्थानहरुमा अडिसन भएको थियो । प्रतियोगिताको पहिलो अडिसन बुटवलमा र अन्तिम अडिसन काठमाडौँमा भएको थियो । त्यस्तै धनगढी, सुर्खेत, पोखरा,चितन, बर्दिवास र ईटहरीमा पनि अडिसन भएको थियो । काठमाडौँ बाहेकका स्थानहरुमा भएको अडिसनमार्फत यसअघि नै ८४ जनाभन्दा बढी प्रतियोगीहरु दोस्रो राउण्डमा लागि छानिसकिएको छ । उनीहरुको जानकारी तपाई हाम्रो च्यानलको पुरानो भिडियोहरुमा हेर्नसक्नुहुनेछ ।

नेपाल स्टारको विजेताले ३५ लाख नगद पुरस्कार सहित अन्य पुरस्कारहरु पाउनेछन् भने फाईनलमा पुगेका थप ३ जनाले ५–५ लाखका दरले पुरस्कार पाउनेछन् । शोमा सुगम संगीतका चर्चित संगितकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तले निर्णायक भूमिका निभाएका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*