नेपाल स्टारमा सुर्खेत अडिसनबाट छानिएका ९ प्रतियोगीहरु

२९ जेष्ठ २०७७, बिहीबार ०८:४४
Featured Video Play Icon

मकवानपुर, २९ जेठ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार सुर्खेतबाट जम्मा ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । यी ९ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार ९ जना प्रतियोगीहरु छानिएका हुन् । यस अडिसनको अन्तिममा भने १० जना प्रतियोगीहरुलाई छनौट भएर बाहिरिएको पनि देखाईको थियो । यसरी हेर्दा त्यहाँबाट १० जना प्रतियोगीहरु छानिएका हुन् कि जस्तो देखिन्छ तर क्लिप अनुसार ९ जनाको मात्र छनौट भएको देखिएकोले यस सामग्रीमा ९ जना मात्र छनौट भएको मानिएको छ । यस भिडियो सामग्रीमा सुर्खेत अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका यी सबै प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) अर्जुन पुन मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका पहिलो प्रतियोगी हुन् अर्जुन पुन मगर । नेपालगञ्ज बाँकेका अर्जुनले यस अघि पनि नेपाल आईडल सिजन २ मा पनि सहभागिता जनाएका थिए । आईडलमा पनि तहल्का मच्चाएका अर्जुनका केही गीतको अडियो भर्सन पनि सार्वजनिक भईसकेको छ । उनले नेपाल स्टारको अडिसनमा ‘हेर धर्ती डगमगाई’ बोलको गीत गाएका थिए । निकै नै अप्ठ्यारो गीत छानेका उनलाई सोही गीतबाट निर्णायकहरुले दोस्रो राउण्डका लागि छानेका हुन् ।

२) दिपिका बस्नेत– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी दोस्रो प्रतियोगी हुन् दिपिका बस्नेत । अध्ययन र गायनका अलावा बाईक स्टन्टमा समेत अग्रसर दिपिका टिम ओसाईरिसमा आवद्ध छिन् । बाईक रेसिङमा पनि उनी प्राय सहभागी हुन्छिन् । सानैदेखि गाउन सुरु गरेकी दिपिका अभाया एण्ड द स्टीम ईञ्जीन्स ब्याण्डले आयोजना गरेको उमन ईन कन्सर्ट प्रतियोगितामा पनि सहभागी भइसकेकी प्रतियोगी हुन् । विभिन्न कन्सर्टहरुमा पनि दिपिकाको सक्रिय सहभागिता रहेको छ । घरबाट पनि संगीत क्षेत्रमा लाग्न साथ पाएकी दिपिकाले अडिसनमा ‘नेपाली’ बोलको गीत गाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

३) प्रेक्षा लम्साल– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी तेस्रो प्रतियोगी हुन् प्रेक्षा लम्साल । दाङकी २१ वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । दोस्रो परिवारसँग बसेका आफ्ना बुवा सँगै भएको भए सायद आफुलाई अझ बढी हौसला हुन्थ्यो होला भन्ने सोच राख्ने प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी नेपाल स्टारलाई नै आफ्नो जिन्दगीको अन्तिम रियालिटी शो बनाउने सोचमा छिन् । त्यसपश्चात उनले रियालिटी शोमा सहभागी नभईकनै संगीत क्षेत्रमा अगाडि बढ्ने सोच राखेकी छिन् । उनले अडिसनमा ‘हर रात’ बोलको गीत गाएकी थिईन् । निकै नै दमदार प्रस्तुति दिएकी प्रेक्षालाई संगीतकार आलोक श्रीले स्टेजमा गएर उनलाई छनौट गरेका थिए । सोही गीतबाटै निर्णायकहरुको मन जितेकी प्रेक्षाले छनौट पश्चात पनि गायिका अञ्जु पन्तको ‘ए हजुर’ बोलको गीत गाएकी थिईन् ।

४) समिरा थपलिया– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी चौथो प्रतियोगी हुन् समिरा थपलिया । सिंगिङ रियालिटी शोमा पहिलो पटक सहभागी भएकी समिराले अडिसनमा ‘तिमी बिनाको जीवन’ बोलको गीत गाएकी थिईन् । पहिलो गीतबाट नै निर्णायकको मन जित्न सफल समिरा सोही गीतबाटै दोस्रो राउण्डका लागि छनौट भएकी हुन् ।

५) चन्द्रा सुनार– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी पाँचौँ प्रतियोगी हुन् चन्द्रा सुनार । ९ कक्षामा अध्ययनरत चन्द्रा १६ वर्षकी छिन् । विरेन्द्रनगर ४ सुर्खेत निवासी चन्द्रालाई उनका दाईले गीतारसँगै गाउन सिकाउँछन् । औपचारिक रुपमा सँगीत नसिकेकी चन्द्राका लागि उनको दाई नै उनका गुरु हुन् । सामान्य परिवारबाट संगित क्षेत्रमा अघि बढ्दै गरेकी चन्द्रालाई उनका आमाबुवाले पनि संगीत क्षेत्रमा लाग्न सहयोग पुराएको उनी बताउँछिन् । उनले अडिसनमा ‘आगोको राप जीवन’ बोलको गीत गाएकी थिईन् । निकै नै गाह्रो गीत गाएकी चन्द्राले पहिलो गीतबाटै निर्णायकहरुलाई प्रभावित पारेकी थिईन् । निर्णायक आलोक श्रीले अर्को गीत गाउन आग्रह गरेपछि उनले दोस्रो पटक ‘उकाली ओरालीहरुमा’ बोलको गीत गाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

६) चमान आले मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका छैटौँ प्रतियोगी हुन् चमान आले मगर । संगीतको आधारभूत ज्ञान सिक्दै गरेका उनले निर्णायकहरुको मन समेत जितेका थिए । उनले अडिसनमा ‘तिमीले पनि मजस्तै’ बोलको गीत गाएका थिए । पहिलो गीतमा दमदार प्रस्तुति दिएका चमानलाई निर्णायकहरुले दोस्रो गीत गाउन लगाएपछि उनले ‘लोलाएका ति ठूला’ बोलको गीत गाएका थिए ।

७) नकुल कार्की–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका सातौँ प्रतियोगी हुन् नकुल कार्की । अडियो कोअर्डिनेटर, गायक, संगीतकार र रेकर्डिष्टको पहिचान बनाउँदै गरेका नकुल संगीत क्षेत्रमा सक्रिय छन् । उनका केही चर्चित गीतहरुपनि बजारमा सार्वजनिक भइसकेका छन् । उनले अडिसनमा ‘भन तिमीले दिएका’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् । उनले पहिलो राउण्ड पार गरेसँगै आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।

८) तारा थापा–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी आठौँ प्रतियोगी हुन् तारा थापा । नेपालगञ्जको कोहलपुर चिसापानी निवासी तारा सानैदेखि गीत गाउन रहर गर्थिन् । पढाईमाभन्दा संगीतमा रुचि राख्ने गरेकी तारा गजल गायिकाका रुपमा पनि चिनिन्छिन् । आर्थिक अवस्थामा सुधार हुनुका साथै गायनमा अभ्यास गर्न र सक्रिय रहनसक्ने भएकोले आफुले गजल गायन सुरु गरेको उनी बताउँछिन् । उनका केही चर्चित गीतहरु पनि सार्वजनिक भइसकेका छन् । उनले अडिसनमा ‘उकाली ओरालीहरुमा’ बोलको गीत गाएकी थिईन् । निर्णायक आलोक श्रीले अर्को गीत पनि गाउन लगाएपछि उनले ‘मेरो प्यारो मान्छे तिमी’ बोलको गीत गाएकी थिईन् ।

९) सागर हमाल–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका नवौँ प्रतियोगी हुन् सागर हमाल । उने यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनले अडिसनमा ‘माया मेरी साँझ बनी’ बोलको गीत गाएका थिए । उक्त गीतमा निर्णायकको मन जित्न नसकेतापनि सागरले दोस्रो गीतबाट भने निर्णायकहरुको मन जित्न सफल भएका थिए । उनले दोस्रो पटक ‘बादल बनाईदेऊ’ बोलको गीत गाएका थिए । यस गीतबाट भने उनले निर्णायकको मन जित्दै दोस्रो राउण्डमा जान सफल भएका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*