नेपाल आईडलको भाईरल प्रस्तुति, प्रविण हिट

२३ जेष्ठ २०७७, शुक्रबार १३:५८
Featured Video Play Icon

मकवानपुर, २३ जेठ । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ सम्म पुगेका प्रविण बेड्वाल यतिखेर चर्चाको शिखरमा छन् । प्रविणलाई धेरैले नेपाल आईडलको विजेताका रुपमा दाबी गरिरहेका छन् । उनका प्रस्तुतिहरुले पनि निक्कै चर्चा पाउने गरेका छन् । बर्दियाका प्रविण नेपाल आईडल सिजन ३ मा संगीतका उस्तादका रुपमा चिनिएका छन् । प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ८ वटा अवार्ड जितेका छन् । प्रविणले गाला राउण्डको उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा सर्वाधिक भोट समेत प्राप्त गरेका थिए । उत्कृष्ट ४ मा प्रविणसँगै भिडिरहेका सज्जा चौलागाई, नेशन पुन मगर र केभिन ग्लान तामाङ अनि वाईल्ड कार्डबाट छानिने एकमध्ये कसले सिजन ३ को उपाधी जित्लान् त्यो भने केही महिना कुर्नैपर्ने देखिन्छ । यद्यपि प्रविणको प्रस्तुतिहरुको भ्युजका आधारमा पनि उनी उपाधी दाबेदाहरु मध्येका एक जना बलिया प्रतियोगीका रुपमा देखिएका छन् । यस सामग्रीमा सिजन ३ मा उनले गाएका दुई वटा गीतहरुका बारेमा चर्चा गरेका छौँ । उनको प्रस्तुति रहेको यो दुई वटा क्लिप नेपाल आईडलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो जसको भ्युज ११ लाखभन्दा बढी रहेको छ । हेर्नुहोस् भिडियो सामग्री–

प्रविणको सबैभन्दा भाईरल भएको प्रस्तुति ‘तिम्रो जस्तो मुटु’ बोलको गीत हो । उनले गाला राउण्डमा गाएको यो गीतलाई यो सामग्री तयार पार्दाको समयमा ११ लाख ७५ हजारभन्दा बढी पटक हेरिएको छ । एक साता अघिसम्म करिब १० लाखको हाराहारीमा हेरिएको यस क्लिपले एक हप्ताकै बिचमा एक लाखभन्दा बढी भ्युज पाएको छ । यो एकल प्रस्तुतिमा १८ हजार लाईक र ४ सय ८८ वटा डिसलाईकहरु गरिएका छन् । भिडियोमा १ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो भिडियोलाई २९ फेबु्रअरी २०२० मा युट्युमार्फत सार्वजनिक गरिएको थियो । गोपाल योञ्जनको शब्द, कर्म योञ्जन र गोपाल योञ्जनको संगीत र स्वर सम्राट नारायण गोपालको आवाजमा भएको यो गीतलाई प्रविणले निकै राम्रो तरिकामा प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा विशेष अतिथिसहित तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रशंसाका लागि निर्णायकहरु स्टेजमै पुगेका थिए । प्रविणको यो भिडियो नेपाल आईडलमा अहिलेसम्म सबैभन्दा बढी भाईरल भएको एकल प्रस्तुतिको भिडियोको आधारमा दोस्रो स्थानमा पनि रहेको छ । प्रविणले यो गीत गाला राउण्डमा गाएका थिए ।

त्यस्तै ११ लाखभन्दा बढी भ्यूज भएको प्रविणको अर्को प्रस्तुति ‘के भुल भयो प्रिया’ बोलको गीत हो । गाला राउण्डमा प्रविणले दिएको यस प्रस्तुतिलाई यो सामग्री तयार पार्दाको समयमा ११ लाख २३ हजारभन्दा बढी पटक हेरिएको छ । यस क्लिपले पनि एक हप्ताको हाराहारीमा करिब ६० हजारभन्दा बढी भ्युज थप गर्न सफल भएको हो । २७ जनवरी २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा १४ हजार जनाले लाईक र ३ सय ४१ जनाले डिसलाईक गरेका छन् । भिडियोमा ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । कृष्णहरि बरालको शब्द, मदन दिपबिमको संगीत र नरेन्द्र प्यासीको आवाजमा रहेको यो गीत प्रविणले गाउँदा आईडलमा तहल्का मच्चिएको थियो । उक्त गीतमा दमदार प्रस्तुति दिएर प्रविनले ‘अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड समेत जितेका थिए । रोचक कुरा त के भने प्रतियोगिताका निर्णायकले नै प्रविणलाई उस्ताद भन्दै सम्मान दिएका थिए । यो क्लिप नेपाल आईडलमा अहिलेसम्म सबैभन्दा बढी भाईरल भएको एकल प्रस्तुतिको भिडियोको आधारमा तेस्रो स्थानमा पर्न सफल भएको छ । यो प्रस्तुति नेपाल आईडल सिजन ३ को ऐतिहासिक प्रस्तुति सावित भएको थियो किनभने उनको प्रस्तुतिमा विशेष अतिथि सहित तिनैजना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । यो नै सिजन ३ को पहिलो रेस्पेक्ट पफोर्मेन्स सावित भएको थियो । उनले उक्त प्रस्तुतिले अवार्डसँगै नगद २० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका थिए ।

निर्णायक ईन्दिरा जोशीले उनको खुलेर प्रशंसा गर्दै पावरफुल आवाजका साथ सबै हर्कतहरुले मन छोएको बताएकी थिईन् । अर्का निर्णायक कालिप्रसाद बास्कोटाले खुशी थाम्न नसक्दै–‘जेनेरल्ली आफ्नो अगाडि कुनै ओस्तादले गाईरहनुभएको छ भने कमेन्ट गरिँदैन, जस्ट सुनिन्छ र लष्ट भईन्छ ।’ भनेर कमेन्ट गरेका थिए । विशेष अतिथि जेम्स प्रधानले यस्ता प्रस्तुतिहरु हत्तपत्त सुन्न र हेर्न नपाईने बताएका थिए । निर्णायक न्ह्यु बज्राचार्यले उनको हर्कत र कामहरुको प्रशंसा गर्दै यस सिजनमा फिमेलले जित्ला जस्तो लागेता पनि प्रविणको आवाजसँग सबै जना डराउनुपर्ने अवस्था रहेको बताएका थिए । आदरणीय दर्शकविन्द, तपाईलाई प्रविणका यी प्रस्तुतिहरु कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*