नेपाल स्टारका दाबेदारहरु, भाग १९

२३ जेष्ठ २०७७, शुक्रबार १३:४६
Featured Video Play Icon

मकवानपुर, २३ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजको यो उन्नाईसौँ भाग हो । यस भागमा सुर्खेत अडिसनबाट छानिएका अन्तिम ३ जना प्रतियोगीहरु नकुल कार्की, तारा थापा र सागर हमालका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

७) नकुल कार्की–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका सातौँ प्रतियोगी हुन् नकुल कार्की । अडियो कोअर्डिनेटर, गायक, संगीतकार र रेकर्डिष्टको पहिचान बनाउँदै गरेका नकुल संगीत क्षेत्रमा सक्रिय छन् । उनका केही चर्चित गीतहरुपनि बजारमा सार्वजनिक भइसकेका छन् । उनले अडिसनमा ‘भन तिमीले दिएका’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् । उनले पहिलो राउण्ड पार गरेसँगै आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।

८) तारा थापा–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी आठौँ प्रतियोगी हुन् तारा थापा । नेपालगञ्जको कोहलपुर चिसापानी निवासी तारा सानैदेखि गीत गाउन रहर गर्थिन् । पढाईमाभन्दा संगीतमा रुचि राख्ने गरेकी तारा गजल गायिकाका रुपमा पनि चिनिन्छिन् । आर्थिक अवस्थामा सुधार हुनुका साथै गायनमा अभ्यास गर्न र सक्रिय रहनसक्ने भएकोले आफुले गजल गायन सुरु गरेको उनी बताउँछिन् । उनका केही चर्चित गीतहरु पनि सार्वजनिक भइसकेका छन् । उनले अडिसनमा ‘उकाली ओरालीहरुमा’ बोलको गीत गाएकी थिईन् । निर्णायक आलोक श्रीले अर्को गीत पनि गाउन लगाएपछि उनले ‘मेरो प्यारो मान्छे तिमी’ बोलको गीत गाएकी थिईन् ।

९) सागर हमाल–नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका नवौँ प्रतियोगी हुन् सागर हमाल । उने यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनले अडिसनमा ‘माया मेरी साँझ बनी’ बोलको गीत गाएका थिए । उक्त गीतमा निर्णायकको मन जित्न नसकेतापनि सागरले दोस्रो गीतबाट भने निर्णायकहरुको मन जित्न सफल भएका थिए । उनले दोस्रो पटक ‘बादल बनाईदेऊ’ बोलको गीत गाएका थिए । यस गीतबाट भने उनले निर्णायकको मन जित्दै दोस्रो राउण्डमा जान सफल भएका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*