साईलीको वियोगमा गायक प्रकाश सपूत

२३ जेष्ठ २०७७, शुक्रबार ०८:१३
Featured Video Play Icon

मकवानपुर, २३ जेठ । चर्चित गायक तथा कलाकार प्रकाश सपूतले ‘साईला–ड्रङ्क ईन लभ’ नामक युट्युब सिरिज सुरु गरेका छन् । प्रकाशको अफिसियल युट्युब च्यानलबाट यसको पहिलो भाग पनि सार्वजनिक भईसकेको छ । गण्डकी प्रदेशको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा छायाँकन भएको यस सिरिजको पहिलो भागमा साईला बनेका प्रकाश सपूतलाई उनकी श्रीमती साईलीसँगको बिछोडमा रहेको देखाइएको छ । हेरौँ भिडियो–

घर छोडेर हिँडेकी श्रीमतीको वियोगमा पिउन सुरु गरेका श्रीमानको कथामा आधारित सिरिजमा प्रकाश सपूतकै कथा, संवाद र अभिनय रहेको छ । यस भागमा उनीसँगै बाल कलाकार अमृत थापाले अभिनय गरेका छन् । सिरिजमा कमल कुमार विकको ब्याकराउण्ड संगीत रहेको छ भने सुनिल विकले छायाँकन गरेका छन् । सिरिजको निर्देशन देवेन्द्र बब्लुले गरेका हुन् । भिडियोलाई पवन सिम्खडाले सम्पादन गरेका छन् । तपाई पनि उनको यस सिरिजलाई प्रकाशकै अफिसियल युट्युब च्यानलमा हेर्नसक्नुहुनेछ । सिरिजको लिंक यस भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ । तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*