जुम एप चलाउँदा काम लाग्ने ५ ट्रिकहरु

१३ जेष्ठ २०७७, मंगलवार ०८:१७
Featured Video Play Icon

मकवानपुर, १३ जेठ । आदरणीय दर्शकविन्द, तपाई अहिले अनलाईन अध्ययन तथा मिटिङहरुका लागि जुम क्लाउड मिटिङ एप्लीकेसन चलाईरहनुभएको छ होला । यदि तपाईले यो एप्लीकेसन विपत्तिका समयमा मात्रै अथवा पहिलो पटक चलाउनुभएको हो भने विभिन्न समस्याहरु पनि सामना गर्नुभएको होला । तीमध्ये केही समस्याहरुको समाधान आजको यस भिडियोले दिनेछ भन्ने आसा गरेको छु । हामीले केही समयअघि अपलोड गरेको जुम सम्बन्धी भिडियोमा आएका केही प्रश्नहरुको जवाफ यस भिडियोमा समावेश छ । यस भिडियोबाट तपाईले आज जुम एपमा मिटिङ आईडी र पासवर्ड कसरी परिवर्तन गर्ने र कसरी अरुलाई शेयर गर्ने, पावर पोईन्ट फाईल कसरी शेयर गर्ने, जुमबाट फेसबुक वा युट्युबमा कसरी लाईभ गर्ने, कम्प्युटरको फाईल कसरी मिटिङमा सबैलाई पठाउने र साईन अप गर्दा आउने समस्याहरुको समाधान कसरी गर्ने भन्ने बारेमा जान्नुहुनेछ । आउनुहोस् यी ५ प्रश्नहरुको जवाफ प्रयोगात्मक विधिबाट जानौँ । पुरा जानकारी पाउन कृपया भिडियो अन्तिमसम्मै हेरिदिनुहोला । यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राईब र भिडियोमा लाईक कमेन्ट पनि गरिदिनुहोला ।

आदरणीय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? जुम एपका बारेमा तपाईको मनमा अरु प्रश्नहरु पनि छन् भने कृपया कमेन्टमा लेख्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*