नेपाल स्टारका दाबेदारहरु, भाग १८

१३ जेष्ठ २०७७, मंगलवार ०८:०८
Featured Video Play Icon

मकवानपुर, १३ जेठ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजको यो अठारौँ भाग हो । यस भागमा सुर्खेत अडिसनबाट छानिएका थप ३ जना प्रतियोगीहरु समिरा थपलिया, चन्द्रा सुनार र चमान आले मगरका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

४) समिरा थपलिया– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी चौथो प्रतियोगी हुन् समिरा थपलिया । सिंगिङ रियालिटी शोमा पहिलो पटक सहभागी भएकी समिराले अडिसनमा ‘तिमी बिनाको जीवन’ बोलको गीत गाएकी थिईन् । पहिलो गीतबाट नै निर्णायकको मन जित्न सफल समिरा सोही गीतबाटै दोस्रो राउण्डका लागि छनौट भएकी हुन् ।

५) चन्द्रा सुनार– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी पाँचौँ प्रतियोगी हुन् चन्द्रा सुनार । ९ कक्षामा अध्ययनरत चन्द्रा १६ वर्षकी छिन् । विरेन्द्रनगर ४ सुर्खेत निवासी चन्द्रालाई उनका दाईले गीतारसँगै गाउन सिकाउँछन् । औपचारिक रुपमा सँगीत नसिकेकी चन्द्राका लागि उनको दाई नै उनका गुरु हुन् । सामान्य परिवारबाट संगित क्षेत्रमा अघि बढ्दै गरेकी चन्द्रालाई उनका आमाबुवाले पनि संगीत क्षेत्रमा लाग्न सहयोग पुराएको उनी बताउँछिन् । उनले अडिसनमा ‘आगोको राप जीवन’ बोलको गीत गाएकी थिईन् । निकै नै गाह्रो गीत गाएकी चन्द्राले पहिलो गीतबाटै निर्णायकहरुलाई प्रभावित पारेकी थिईन् । निर्णायक आलोक श्रीले अर्को गीत गाउन आग्रह गरेपछि उनले दोस्रो पटक ‘उकाली ओरालीहरुमा’ बोलको गीत गाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

६) चमान आले मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका छैटौँ प्रतियोगी हुन् चमान आले मगर । संगीतको आधारभूत ज्ञान सिक्दै गरेका उनले निर्णायकहरुको मन समेत जितेका थिए । उनले अडिसनमा ‘तिमीले पनि मजस्तै’ बोलको गीत गाएका थिए । पहिलो गीतमा दमदार प्रस्तुति दिएका चमानलाई निर्णायकहरुले दोस्रो गीत गाउन लगाएपछि उनले ‘लोलाएका ति ठूला’ बोलको गीत गाएका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*