नेपाल स्टार–पोखरा र बुटवलमा को–को छन् बेस्ट ?

१२ जेष्ठ २०७७, सोमबार ०८:१०
Featured Video Play Icon

मकवानपुर, १२ जेठ । नेपालको आफ्नैक सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालका विभिन्न ८ वटा स्थानहरुमा अडिसन चरण पार गरेको यस प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीका कारण पनि यो थप चर्चामा छ । अहिले देश लक डाउनका अवस्थामा भएको समयमा पनि यस रियालिटी शोका अडिसन राउण्डहरु प्रसारण भईरहेका छन् । यस रियालिटी शोका पोखरा अडिसन र बुटवल अडिसनमा निकै राम्रा प्रतिस्पर्धीहरुले भाग लिएर दोस्रो राउण्डका लागि छनौट भएका थिए । उनीहरुमध्ये कोही–कोही प्रतियोगीहरु यसअघि नै विभिन्न रियालिटी शोमा तहल्का मच्चाएर चर्चामा आईसकेका प्रतियोगीहरु पनि छन् । यस रियालिटीशोको पोखरा अडिसनबाट १६ जना र बुटवल अडिसनबाट १० जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका थिए । यस भिडियो सामग्रीमा पोखरा अडिसनबाट छानिएका १६ प्रतियोगीहरु र बुटवल अडिसनबाट छानिएका १० जना प्रतियोगीहरु गरी २६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । तपाईको विचारमा यी दुई अडिसनका प्रतियोगीहरुमध्ये कुन अडिसनका प्रतियोगीहरु बलिया छन् ? अथवा २६ जनामध्ये दोस्रो राउण्डमा पुग्नसक्ने सम्भावना भएका प्रतियोगीहरु को–को हुन् ? कृपया यो भिडियो हेरिसकेपछि कमेन्ट गर्नुहोस् ।

नेपाल स्टारको पोखरा अडिसनबाट कुरबान अलि खान, दिपेश लामा, निशान बराल, सुनिल बिक, सफल गायक, रुपेश भण्डारी, आमिन परियार, मनिशा राना, फुर्वा लामा, बबी सुनार, पारस थापा, मानव परियार लगायतका १६ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएिका थिए । त्यस्तै नेपाल स्टारको बुटवल अडिसनबाट कमल घर्ती मगर, खिममाया थापा, सुमित पौडेल, रञ्जन पराजुली, सुनिल बस्याल, भुपेन्द्र थापा मगर, गोकुल पंगेनी, विद्यासागर पंगेनी, शिव बिक र चित्रबहादुर बिक छनौट भएका थिए । आउनुहोस् ती प्रतियोगीहरुका बारेमा एक एक चर्चा गरौँ ।

आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? तपाईका विचारमा पोखरा अडिसन र बुटवल अडिसनमध्ये कुन अडिसनका प्रतियोगीहरु बलिया छन् ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*