अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ

१० जेष्ठ २०७७, शनिबार ०८:५८
Featured Video Play Icon

मकवानपुर, १० जेठ । विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपहरु निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताहरुलाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सुरु गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनहरु गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाहरु तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीहरु दिँदैछु । साथै केही सेटिङहरुका बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।

आदरणीय दर्शकविन्द, यो भिडियो हेरेर तपाईले अवश्य पनि गुगल मिट एपको प्रयोग गर्न सिक्नुभयो होला । तपाईलाई यो एपबारे थप जानकारीहरु चाहिएमा वा केही समस्याहरु छन् भने कृपया कमेन्ट गर्नुहोस् । हामी तपाईका प्रश्नहरुमा आधारित भिडियो पनि बनाउने कोसिस गर्नेछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*