नेपाल स्टारका दाबेदारहरु, भाग १७

१९ बैशाख २०७७, शुक्रबार ०५:३१
Featured Video Play Icon

मकवानपुर, १९ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजमा हामीले यसअघि नै पोखरा, बुटवल, चितवन र धनगढी अडिसनबाट छनौट भएका प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका छौँ । यदि तपाईले ती भिडियोहरु हेर्नुभएको छैन भने कृपया हाम्रो च्यानलको भिडियोहरु हेर्ने अप्सनमा गएर हेर्नसक्नुहुनेछ । ती भिडियोहरुका लिंक यस भिडियोको अन्तिम र डिस्क्रीप्सनमा पनि राखिएका छन् । यस भिडियो सिरिजको सत्रौँ भागमा सुर्खेत अडिसनबाट छानिएका ९ जना प्रतियोगीहरुमध्ये पहिलो ३ जना प्रतियोगीहरु अर्जुन पुन मगर, दिपिका बस्नेत र प्रेक्षा लम्सालका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

१) अर्जुन पुन मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएका पहिलो प्रतियोगी हुन् अर्जुन पुन मगर । नेपालगञ्ज बाँकेका अर्जुनले यस अघि पनि नेपाल आईडल सिजन २ मा पनि सहभागिता जनाएका थिए । आईडलमा पनि तहल्का मच्चाएका अर्जुनका केही गीतको अडियो भर्सन पनि सार्वजनिक भईसकेको छ । उनले नेपाल स्टारको अडिसनमा ‘हेर धर्ती डगमगाई’ बोलको गीत गाएका थिए । निकै नै अप्ठ्यारो गीत छानेका उनलाई सोही गीतबाट निर्णायकहरुले दोस्रो राउण्डका लागि छानेका हुन् ।

२) दिपिका बस्नेत– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी दोस्रो प्रतियोगी हुन् दिपिका बस्नेत । अध्ययन र गायनका अलावा बाईक स्टन्टमा समेत अग्रसर दिपिका टिम ओसाईरिसमा आवद्ध छिन् । बाईक रेसिङमा पनि उनी प्राय सहभागी हुन्छिन् । सानैदेखि गाउन सुरु गरेकी दिपिका अभाया एण्ड द स्टीम ईञ्जीन्स ब्याण्डले आयोजना गरेको उमन ईन कन्सर्ट प्रतियोगितामा पनि सहभागी भइसकेकी प्रतियोगी हुन् । विभिन्न कन्सर्टहरुमा पनि दिपिकाको सक्रिय सहभागिता रहेको छ । घरबाट पनि संगीत क्षेत्रमा लाग्न साथ पाएकी दिपिकाले अडिसनमा ‘नेपाली’ बोलको गीत गाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

३) प्रेक्षा लम्साल– नेपाल स्टारमा दोस्रो चरणका लागि सुरखेतबाट छानिएकी तेस्रो प्रतियोगी हुन् प्रेक्षा लम्साल । दाङकी २१ वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । दोस्रो परिवारसँग बसेका आफ्ना बुवा सँगै भएको भए सायद आफुलाई अझ बढी हौसला हुन्थ्यो होला भन्ने सोच राख्ने प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी नेपाल स्टारलाई नै आफ्नो जिन्दगीको अन्तिम रियालिटी शो बनाउने सोचमा छिन् । त्यसपश्चात उनले रियालिटी शोमा सहभागी नभईकनै संगीत क्षेत्रमा अगाडि बढ्ने सोच राखेकी छिन् । उनले अडिसनमा ‘हर रात’ बोलको गीत गाएकी थिईन् । निकै नै दमदार प्रस्तुति दिएकी प्रेक्षालाई संगीतकार आलोक श्रीले स्टेजमा गएर उनलाई छनौट गरेका थिए । सोही गीतबाटै निर्णायकहरुको मन जितेकी प्रेक्षाले छनौट पश्चात पनि गायिका अञ्जु पन्तको ‘ए हजुर’ बोलको गीत गाएकी थिईन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*