नेपाल परिवार दल मकवानपुरले बाँड्यो राहत

१९ बैशाख २०७७, शुक्रबार ०४:५३

मकवानपुर, १९ बैशाख । नेपाल परिवार दल मकवानपुर जिल्ला कमिटिले विपन्न तथा लकडाउनको अवधिमा समस्यामा परेका परिवारलाई राहत वितरण गरेको छ । दलले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० मार्फत बिहीबार राहत वितरण गरेको हो ।

प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक केजी नुन र आधा लिटर तेलसहितको खाद्यान्न प्याकेट बनाई २७ परिवारलाई वडा अध्यक्ष किताप सिं लामासमेतको सहभागितामा वितरण गरिएको दलका जिल्ला सचिव हरिबहादुर लोप्चनले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा दलका जिल्ला अध्यक्ष सानु मुक्तान, वरिष्ठ उपाध्यक्ष एवम् महिला नेतृ मायादेवी ढकाल (कँडेल),उपाध्यक्ष लोकेन्द्र सुर्खेती, जिल्ला सचिव हरिबहादुर लोप्चन, जिल्ला सदस्य प्रकाश ढकाल, १० नम्बर वडा सदस्यहरु साधना श्रेष्ठ , ईन्द्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*