नेपाल स्टारका दाबेदारहरु, भाग १२

७ बैशाख २०७७, आईतवार ०६:०२
Featured Video Play Icon

मकवानपुर, ७ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको चितवन अडिसनबाट १३ प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सिरिजको बाह्रौँ भागमा चितवन अडिसनबाट छानिएका अन्तिम ४ जना प्रतियोगीहरु लक्ष्मण महतो, सन्दिप प्रधान, मोहन केसी र चन्द्रबहादुर पुनका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१०) लक्ष्मण महतो– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका दशौँ प्रतियोगी हुन् लक्ष्मण महतो । सर्लाही निवासी लक्ष्मण अहिले नवलपरासीको दलदलेमा कार्यरत छन् । संगीतमा निकै रुचि राख्ने लक्ष्मणले आफ्नो गुरुबाट सांगितिक क्षेत्रमा लाग्न निकै साथ पाएका छन् । करिब डेढ वर्ष गुरुसँगै संगीत सिकेका लक्ष्मणले विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाईसकेका छन् । धेरै ठाउँमा असफलता पाएता पनि एक न एकदिन सफल हुन्छु भन्ने सोचका साथ अगाडि बढेका लक्ष्मणले नेपाल स्टारको पहिलो चरण पार गरेका छन् । उनले यसअघि भ्वाईस अफ नेपाल सिजन २ र नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण आँखा अस्पतालमा सहायकको रुपमा काम गर्छन् । उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए । उनले अडिसनमा ‘मखमली पछ्यौरीले सानु’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट नै सबै निर्णायकहरुको मन जितेका लक्ष्मणले दोस्रो गीतको स्थायी मात्र गाए । त्यसपछि उनी दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

११) सन्दिप प्रधान– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका एघारौँ प्रतियोगी हुन् सन्दिप प्रधान । संगीत क्षेत्रमा सक्रिय उनले अडिसनमा ‘पंक्षी’ बोलको गीत गाएका थिए । निर्णायकहरुले दोस्रो गीत गाउन लाएपछि उनले ‘पैसा’ बोलको गीत गाएका थिए । दुई वटा गीत पश्चात उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

१२) मोहन केसी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका बाह्रौँ प्रतियोगी हुन् मोहन केसी । यसअघि उनी नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनले अडिसनमा ‘मायाले बोलायो मलाई’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।
१३) चन्द्रबहादुर पुन– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका तेह्रौँ प्रतियोगी हुन् चन्द्रबहादुर पुन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनले अडिसनमा ‘बाबुको जुंगो’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो चरणका लागि छानिएका हुन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*