नेपाल स्टारका दाबेदारहरु, भाग ११

५ बैशाख २०७७, शुक्रबार १९:४१
Featured Video Play Icon

मकवानपुर, ५ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको चितवन अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सिरिजको एघारौँ भागमा चितवन अडिसनबाट छानिएका थप ३ जना प्रतियोगीहरु बिना सेञ्चुरी, महेन्द्रराज बराल र सलिना बिकका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

७) बिना सेञ्चुरी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी सातौँ प्रतियोगी हुन् बिना सेञ्चुरी । विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहने बिनाले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनले अडिसनमा ‘मैले जानिनँ कि ?’ बोलको गीत गाएकी थिईन् । निर्णायकहरुले दोस्रो गीत पनि गाउन लगाएपछि उनले ‘पलपल तिम्रै सम्झनामा’ बोलको गीत गाएकी थिईन् । उनी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छनौट भएकी हुन् ।

८) महेन्द्रराज बराल– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका आठौँ प्रतियोगी हुन् महेन्द्रराज बराल । नेपाल आईडल लगायतका विभिन्न प्रतियोगिताहरुमा समेत सहभागी भएका महेन्द्रले आफ्नै आवाजमा विभिन्न गीत पनि सार्वजनिक गरिसकेका छन् । गायकका रुपमा परिचय बनाईसकेका महेन्द्रका केही गीतहरु हिट पनि भइसकेका छन् । लामो समय संगीतको क्षेत्रमा लागेका उनले नेपाल आईडलमा पनि तहल्मा मच्चाएका थिए । उनले अडिसनमा ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएका थिए । मिठो आवाज भएका महेन्द्रले दोस्रो पटक ‘नभए साहारा’ बोलको गीत गाएका थिए । महेन्द्रको यो आफ्नै ओरिजिनल अनि चर्चित गीत पनि हो । उनी दुई वटा गीत पश्चात दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

९) सलिना बि.क.– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी नवौँ प्रतियोगी हुन् सलिना बि.क. । चितवनकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । तर सामाजिक रुपमा भने छोरी भएका कारण समाजले लगाउने लाञ्छनाले उनलाई पिडा दिन्छ । छोरीले पनि केही गर्न सक्छे भन्ने देखाउन तम्तयार भएर अगाडि बढेकी सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् । उनले अडिसनमा ‘मोया मोह’ बोलको गीत गाएर निर्णायकहरुको मन जितेकी थिईन् । अञ्जु पन्तलाई आईडल मान्ने गरेकी सलिनालाई अञ्जु पन्तले नै स्टेजमा गएर दोस्रो राउण्डका लागि छनौट गरेकी थिईन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमा कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*