एनटिसीको डे भ्वाईस प्याक कसरी खरिद गर्ने ?

२८ चैत्र २०७६, शुक्रबार १२:१८
Featured Video Play Icon

मकवानपुर, २८ चैत । तपाई कसैसँग लामो कुराकानी गर्न के गर्नुहुन्छ ? सायद तपाई फोनमा नम्बर डायल गरेर सिधै कुराकानी गर्नथाल्नुहुन्छ होला । यदि तपाईले १ घण्टा ४० मिनेट कुराकानी गर्नुभयो भने कति रुपैयाँ ब्यालेन्स पर्छ होला ? सायद करिब ३ सयको हाराहारीमा तपाईले रकम खर्च गर्नुपर्ने हुन्छ । तर तपाईले यो केबल १० रुपैयाँमा नै गर्नसक्नुहुन्छ भन्ने थाहा पाउनुभयो भने तपाईलाई कस्तो लाग्ला ? अवश्य पनि तपाईलाई खुशी लाग्नेछ । नेपाल टेलिकमले ल्याएको डे भ्वाईस प्याक अफरले तपाईलाई यही खुशी दिनेछ । डे भ्वाईस प्याकमा तपाईले केबल १० रुपैयाँमा नै १ घण्टा ४० मिनेट अर्थात १०० मिनेट कुराकानी गर्न सक्नुहुन्छ । यसअघि नै डे भ्वाईस प्याक मोबाईलबाट कसरी सुचारु गर्ने भन्ने बारेमा एउटा भिडियो बनाएको थिएँ । यदि तपाई ईन्टरनेट नभएको बेलामा नै मोबाईलबाट सिधै त्यो सेवा सुचारु गर्न चाहानुहुन्छ भने पहिले बनाइएको उक्त भिडियो हेर्नुहोस् । भिडियोको लिंक हामीले तल डिस्क्रिप्सन र यस भिडियोको आई बटनमा र अन्तिममा पनि राखेका छौँ । यस भिडियोमा भने नेपाल टेलिकमको एपबाट तपाईले यो प्याक कसरी लिनसक्नुहुन्छ भन्ने बारेमा जानकारी दिएका छौँ ।

यो भ्वाईस प्याक तपाई बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन सक्नुहुन्छ । प्याक चलाउने समय बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र भएता पनि यसको म्याद भने २४ घण्टाको हुन्छ । अर्थात यदि तपाईले दिउँसो १ बजेतिर प्याक लिनुभयो भने त्यो दिनमा साँझ ५ बजेसम्ममात्र चलाउनुभयो र १०० मिनेट सकिएन भने भोलिपल्ट बिहान ५ बजेदेखि दिउँसो १ बजेको बिचमा त्यही प्याकबाट फोन गर्नसक्नुहुन्छ । यदि तपाई नेपाल टेलिकमको मोबाईल एप प्रयोग गर्नुहुन्छ भने बाई प्याक्स भन्ने अप्सनमा जानुहोस् । त्यसपछि चुज प्याकेज टाईपमा जानुहोस् र त्यहाँ डे प्याक छनौट गर्नुहोस् । त्यसपछि चुज सब–प्याकेज टाईपमा डे प्याक भ्वाईस छान्नुहोस् । त्यसपछि चुज डाटा प्याकेजमा १०० मिनेट भ्वाईस (५ एम टु ५ पिएम) छान्नुहोस् । त्यसपछि बाई प्याक्समा थिच्नुहोस् । यसरी थिचेको केही बेरपछि तपाईको सेवा सुचारु भएको म्यासेज मोबाईलमा आउँछ र एपमा पनि तपाईको प्याकेज र त्यसको म्यादको जानकारी डिस्प्ले हुन्छ । यसरी तपाई यो प्याक लिनसक्नुहुन्छ । आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*