जुम एपमा मिटिङ आईडी र पासवर्ड कसरी परिवर्तन गर्ने ?

२८ चैत्र २०७६, शुक्रबार १२:१४
Featured Video Play Icon

मकवानपुर, २७ चैत । आदरणीय दर्शकविन्द, लकडाउनका समयमा घरमै बसेर विद्यार्थीहरुलाई अध्ययन गराउन, अफिसको मिटिङ गर्न अथवा टाढा छुट्टा छुट्टै बस्ने परिवारका सदस्यहरुसँग एउटै स्क्रीनमा भिडियो वा अडियो कल गर्नका लागि जुम एप निकै नै उपयोगी भएको छ । यसभन्दा अघि हामीले जुम एपलाई कम्प्युटर, ट्याबलेट अथवा मोबाईलमा कसरी ईन्स्टल गर्ने, कसरी आईडी बनाउने, कसरी नयाँ मिटिङ सुरु गर्ने वा कसरी जोईन गर्ने भन्ने विषयमा भिडियो बनाएका थियौँ । यदि तपाईले त्यो भिडियो हेर्नभएको छैन भने हाम्रो च्यानलमा त्यो भिडियो सर्च गरी हेर्नसक्नुहुनेछ । सजिलोको लागि त्यो भिडियोको लिंक हामीले भिडियोको तल डिस्क्रीप्सनमा र यस भिडियोको अन्तिममा पनि राखेका छौँ । त्यस भिडियोमा तपाईले सोध्नुभएका केही प्रश्नहरुको जवाफ हामीले कमेन्ट मार्फत नै तपाईलाई दिईसकेका छौँ । केही साथीहरुले प्राक्टीकल्ली नै देखाउन अनुरोध गर्नुभएकोले हामीले यस भिडियोमा तपाईका केही प्रश्नहरु समावेश गरेका छौँ ।

यस भिडियोमा जुम एपमा मिटिङ आईडी र पासवर्ड कसरी परिवर्तन गर्ने भन्ने विषयमा स्क्रिनमार्फत देखाउँदैछौँ । तपाईका पनि अन्य प्रश्नहरु भएमा भिडियोको तल कमेन्ट गर्नसक्नुहुनेछ । हामी तपाईको प्रश्न जवाफ दिने प्रयास गर्नेछौँ र सकेसम्म भिडियो नै बनाएर प्रयोगात्मक रुपमा नै देखाउनेछौँ । आउनुहोस् जुममा कसरी मिटिङ आईडी र पासवर्ड परिवर्तन गर्ने त्यस बारेमा सिकौँ । हामीले यस भिडियोमा मोबाईलको स्क्रिन प्रयोग गरेका छौँ । तपाई ट्याबलेट, ल्यापटप वा डेस्कटपमा जुम चलाउनुहुन्छ भने पनि यस भिडियोमा देखाईए अनुसारको अप्सनमा गएर परिवर्तन गर्न सक्नुहुनेछ ।

आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? जुम सम्बन्धी कुनै प्रश्नहरु भएमा कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*