प्रविण बेड्वालको फेक आईडी बनाएर ठगी गर्ने प्रयास

२८ चैत्र २०७६, शुक्रबार १२:११
Featured Video Play Icon

मकवानपुर, २८ चैत । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी प्रविण बेड्वालको फेक आईडी बनाएर केही व्यक्तिहरुले ठगी गर्ने प्रयास गरेका छन् । नेपाल आईडलको सिजन ३ मा उत्कृष्ट ४ मा पुगिसकेका प्रविणको चर्चा चुलिएसँगै उनको नाममा सामाजिक सञ्जालमा फेक आईडी बनाउने र त्यसबाट मानिसहरुलाई झुक्याउने क्रम सुरु भएको हो । प्रविणले चैत्र २५ गते आफ्नो आधिकारिक फेसबुक पोष्टमार्फत आफ्नो नामको दुरुपयोग गर्ने प्रयास भएको बताएका छन् । प्रविणको फेक आईडी बनाएर एक व्यक्तिले सहयोग भन्दै प्रविणका शुभचिन्तकसँग ५ हजार ठगीको प्रयास गरेका छन् । प्रविणले फेसबुक स्टाटससँगै उक्त व्यक्तिले प्रविणका शुभचिन्तकसँग गरेको च्याटको स्क्रिन सर्ट समेत सार्वजनिक गरेका छन् । प्रविणले स्टाटसमा के लेखेका छन् अनि उनको नाम लिएर ठगी गर्न खोज्ने फेक आईडीबाट कस्तो कुराकानी भएको छ भन्ने बारेमा यो भिडियो केन्द्रित छ । फेक आईडीको च्याटमा भएको कुराभन्दा पहिले चर्चा गरौँ प्रविणले फेसबुकमा गरेको खुलासाका बारेमा ।

प्रविणले फेसबुकमा लेखेको कुराको सम्पादित अंश यस्तो छ–‘नमस्कार हजुर सबै जनालाई । धेरै दुःख लागेर आउँछ संसारमा यस्ता यस्ता मान्छेहरु पनि छन् । कति दुःख गरेर मेहनत गरेर बनाएको नाम र लेभललाई भित्रभित्रबाट बिगार्न खोज्ने र मेटाउन खोज्ने । मेरो नाम लिएर, म प्रविण बेड्वाल हो भनेर, मलाई ईसेवामा ५ हजार पठाईदिनुस् न, म पछि दिन्छु भनेर मेरो नामको फेक आईडीले भिख माग्नु भएको रहेछ । जोसँग माग्नुभयो उहाँले आज मेरो फ्यान पेजबाट नम्बर पाएर मलाई कल गरेर आफ्नो गुनासो भन्दै हुनुहुन्थ्यो । प्लिज यसरी धोका नखानुस् । मैले धेरै दुःख गरेर धेरै मेहनत गरेर हजुरहरुको मनमा आफ्नो लागि केही ठाउँ बनाएको छु । त्यो कसेको मजाकले बर्वाद नपारोस् र त्यो फेक आईडीमा धेरै जना एड हुनुहुन्छ । त्यो आईडीबाट अनफ्रेण्ड हुनुस् र मेरो रियल एकाउन्टमा आउनुहोस् । र जबसम्म मेरो भ्वाईस मेसेज पाउनुहुन्न तबसम्म रियल आईडीलाई पनि विश्वास नगर्नुहोला यो मेरो नै आईडी भनेर । प्लीज रिक्वेष्ट सेण्ड गर्नु अघि वा म्यासेज गर्दा फलोअर्स हेर्नुस् । मेरो फलोअर्स १० हजार ७५० भन्दा धेरै छन् । हस्, धन्यवाद ।’ प्रविणले यो स्टाटससँगै फेसबुकमा फेक आईडी बनाएर झुक्काउन खोज्ने व्यक्तिको च्याट म्यासेज र आईडीको स्क्रिन सट पनि सार्वजनिक गरेका छन् । अब चर्चा गरौँ उक्त फेक आईडीबाट उक्त व्यक्तिले गरेको कुराकानीको अंश ।

सार्वजनिक भएको च्याटको स्क्रीन सट अनुसार प्रविण बनेका व्यक्तिले प्रविणको शुभचिन्तकसँग ‘मलाई आज सानो हेल्प गर्न सक्नुहुन्छ ?’ भनेर सोधेका छन् । त्यसपछि उक्त शुभचिन्तकले ‘भन्नु सक्छु’ भनेका छन् । त्यसपछि उक्त व्यक्तिले ‘ब्यालेन्स छ ?’ भनेर सोधेका छन् । त्यसको जवाफमा प्रविणका शुभचिन्तकले ‘छ’ भनेर जवाफ दिएका छन् । त्यसपछि प्रविण बनेका फेक आईडीवाला व्यक्तिले ‘मलाई अहिले ट्रान्स्फर गर्नसक्नुहुन्छ ? म भोलि बेलुका तिर्दिन्छु, हुन्छ सर ?’ भनेर सोधेका छन् । प्रतिउत्तरमा प्रविणका शुभचिन्तकले ‘हुन्छ’ भनेका छन् ।

त्यसपछि उक्त व्यक्तिले ‘कति छ ईसेवामा हजुरसँग ?’ भनेर सोधेका छन् । त्यसको जवाफमा प्रविणका शुभचिन्तकले ‘भन्नु कतिसम्म चाहिन्छ ?’ भनेर सोधेका छन् । प्रविण बनेका व्यक्तिले ‘२ हजार छ ?’ भनेर सोधेका छन् । त्यसपछि प्रविणका शुभचिन्तकले ‘छ, भन्नु एकाउन्ट नम्बर’ भनेका छन् । त्यसपछि प्रविण बनेका व्यक्तिले आफ्नो मोबाईल नम्बर दिँदै ‘कति हाल्दिनसक्नुहुन्छ हजुरले भन्नु त, कतिजति ? भनेर सोधेका छन् । बिचमा प्रविणका शुभचिन्तकले ‘हजुरको ईसेवा हो ?’ भनेर सोधेका छन् भने प्रविण बनेका व्यक्तिले ‘हो’, मेरो दादा’को भनेका छन् । प्रविणका शुभचिन्तकले २ हजार नै हाल्दिन्छु भनेपछि ‘टोटल कति छ ईसेवा’ मा भन्दै उक्त व्यक्तिले प्रश्न गरेका छन् । त्यसपछि प्रविणका शुभचिन्तकले ‘छ भनन न कति चाहिन्छ ? म सक्नेजति पठाउँछु’ भनेका छन् । त्यसपछि उक्त व्यक्तिले ‘कति छ भन्नु न सर प्लिज’ भनेका छन् । उक्त प्रश्नपछि प्रविणका शुभचिन्तकले ‘तिम्रो समस्या कति जतिले समाधान हुन्छ भनन मेरो भाई’ भनेका छन् । त्यसपछि उक्त व्यक्तिले एकैछिन् पर्खिनभन्दै दाईसँग सोध्छु भनेका छन् । ‘आज यतातिर सबै साईबरहरु बन्द छ लकडाउनले, त्यही भएर आज चाहिएको, ३ हजार ५ सय छ ? बरु भोलि ४ हजार हाल्दिन्छु’ भनेर उक्त व्यक्तिले प्रविणका शुभचिन्तकलाई भनेका छन् । त्यसपछि प्रविणका शुभचिन्तकले ‘मलाई ४ हजार पर्दैन ३५ सय हाल्दिन्छु तिमीलाई’ भनेका छन् ।

त्यसपछि उक्त व्यक्तिले ‘ल ४ हाल्दिनु मलाई सजिलो हुन्छ, अनि भोलि ४ दिन्छु हस् सर’ भनेका छन् । त्यसपछि प्रविणका शुभचिन्तकले हुन्छ भनेका छन् भने उक्त व्यक्तिले चाँडो पैसा पठाउन आग्रह गरेका छन् । प्रविणका शुभचिन्तकले चेक गर न भनेपछि उक्त व्यक्तिले ‘ब्रो एक हजार फेरि हाल्दिनु रे, सरी है तिमीलाई झ्याउ भयो होला, दाईले भन्नु भएको अब दुई हाल्दिनु अनि भोलि दिन्छु ६ हजार’ भनेका छन् । त्यसपछि प्रविणका शुभचिन्तकले आफुसँग २ हजार नभएको बरु १ हजार चाहिँ हालिदिन्छु भनेका छन् । हस् धन्यवाद भनेर छुटेका व्यक्तिले दिएको नम्बरमा सायद पछि प्रविणका शुभचिन्तकले फोन गरेको हुनुपर्छ त्यसैले प्रविणका शुभचिन्तकले ‘किन हो यो नम्बरमा त फोन नै लाग्दैन त भनेका छन् । उक्त व्यक्तिले ‘दाईको मोबाईल नम्बर स्विच अफ होला’ भनेर भनेका छन् । आफ्नो दाई विदेशमा भएको र सिम नेपालमा भएको भन्दै उक्त व्यक्तिले बताएपछि प्रविणका शुभचिन्तकले उक्त फेक आईडीवाला व्यक्तिसँग उसको आफ्नो फोन नम्बर मागेका छन् । तर उक्त व्यक्तिले आफु नेपाल आईडलको ग्रुपमा भएको भन्दै नम्बर दिन नमिल्ने बताएका छन् । एक हजार हालिदिन आग्रह गर्दै उक्त व्यक्तिले प्रविणका शुभचिन्तकलाई ‘मोबाईल नम्बर देऊ म कल गर्छु’ भनेका छन् । त्यसैबिचमा प्रविणका शुभचिन्तकले ‘ढाँटेको त होईन नि’ भनेर सोध्छन् अनि आफ्नो मोबाईल नम्बर पनि दिन्छन् । प्रविणको फेक आईडी बनाउने व्यक्तिले आफुले ढाँटेको होईन भन्दै ‘पैसा पठाएर स्क्रिन सर्ट पठाउनु अनि म फोन गर्छु अनि बोलुँला’ भन्छन् ।

त्यसपछि प्रविणका शुभचिन्तकले आफुले ५ हजार रुपैयाँ नगद पठाएको स्क्रिनसर्ट पठाउँछन् । उक्त व्यक्तिले स्क्रिन सर्ट पाएपछि ‘अब म पछि रिटर्न गर्छु, भोलि अनलाईन आएँ भने भोलि नत्र नेपाल आईडलपछि’ भनेर भन्छन् र पैसा फर्काउने वाचा गर्दै चिन्ता नगर्न आग्रह गर्छन् । त्यसपछि उक्त व्यक्तिलाई प्रविणका शुभचिन्तकले नम्बर माग्छन् तर उनले आफ्नो आईडी छिनमै डियाक्टीभेट हुँदै फेरि एक्टीभेट हुँदै गरेको भन्दै के भएको होला भनेर उल्टै प्रश्न गर्छन् । त्यसपछि प्रविणका शुभचिन्तकले उक्त व्यक्तिलाई भिडियो कल गर्छन् तर उठ्दैन, म्यासेज पठाउँदा पनि जवाफ आउँदैन । यसरी ती व्यक्तिसँगको सम्पर्क टुट्छ ।

यो घटना भएपछि प्रविणका शुभचिन्तकले नै फ्यान पेजबाट प्रविणको नम्बर भेटाएर उनलाई कल गरेको बताएका छन् । त्यसपछि प्रविणले स्टाटसमा च्याटको स्क्रिन सट सार्वजनिक गरेका हुन् । सार्वजनिक स्क्रीन सट अनुसार प्रविण बनेर झुक्याउने उक्त व्यक्तिले प्रविण बेड्वाल नाममा नै फेसबुक एकाउन्ट खोलेका छन् । प्रविणकै फोटो प्रोफाईल फोटो र कभर फोटोमा प्रयोग गरेका छन् । उक्त फेक एकाउन्टमा उक्त व्यक्तिको काममा ब्याकअप सिंगर उल्लेख गरिएको छ भने कलेज र विद्यालयको नाम पनि प्रविणको वास्तविक भन्दा फरक राखिएको छ । प्रविणको वास्तविक फेसबुक एकाउन्ट यो स्क्रिनमा देखाइएको छ । यो सामग्री तयार पार्दा उनको एकाउन्टमा ११ हजार ३ सय ५८ फलोअर्सहरु छन् । अझ भिडियो सार्वजनिक हुँदा बढिसकेको हुनुपर्छ । प्रविणको स्टाटसपछि धेरै कमेन्टहरु पनि आएका छन् ।

आदरणीय दर्शकविन्द, कसैको नक्कली आईडी बनाउनु वा उनीहरुको फोटो वा नाम प्रयोग गरेर कसैलाई हानी पुराउनु कानुनी रुपमा पनि गलत छ । मानवीय आचरणका लागि पनि यो कुरा सुहाउँदो कुरा होईन । त्यसैले सबै दर्शक श्रोताहरुलाई आफ्नो बाहेक अरुको फेक आईडी नबनाईदिनुहुन म आग्रह गर्दछु । यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*