नेपाल स्टारका दाबेदारहरु, भाग १०

२७ चैत्र २०७६, बिहीबार १३:०६
Featured Video Play Icon

मकवानपुर, २७ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको चितवन अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सिरिजको दशौँ भागमा चितवन अडिसनबाट छानिएका थप ३ जना प्रतियोगीहरु एलिना गुरुङ, श्रीया नेपाल र विजय भण्डारीका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

४) एलिना गुरुङ– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी चौथो प्रतियोगी हुन् एलिना गुरुङ । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । उनले अडिसनमा ‘जाउँ कि बसुँ’ बोलको गीत गाएकी थिईन् । दमदार प्रस्तुति दिएकी उनलाई निर्णायक रामकृष्ण ढकालले स्टेजमै गएर दोस्रो राउण्डका लागि सेलेक्ट गरेका थिए । उनी एउटै गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

५) श्रीया नेपाल– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी पाँचौँ प्रतियोगी हुन् श्रीया नेपाल । सानैदेखि संगीतमा रुचि भएका श्रीयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् । उनले अडिसनमा ‘मायाका कुरा’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट नै दोस्रो चरणका लागि छानिएकी हुन् ।

६) विजय भण्डारी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका छैटौँ प्रतियोगी हुन् विजय भण्डारी । यस अघि नेपाल आईडलको सिजन ३ मा पनि सहभागी भएका विजयका केही गीतहरु समेत सार्वजनिक भईसकेका छन् । उनले अडिसनमा ‘घरको माया’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर आवाजमा गीत गाएका विजय सोही गीतबाट दोस्रो चरणका लागि छानिएका हुन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा पहिलो नेपाल स्टार को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*