नेपाल स्टारका दाबेदारहरु, भाग ९

२७ चैत्र २०७६, बिहीबार १३:००
Featured Video Play Icon

मकवानपुर, २७ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको पोखरा र बुटवल अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुका बारेमा हामीले यसअघि नै भिडियोहरु बनाईसकेका छौँ । यदि तपाईले हेर्नुभएको छैन भने यस भिडियाको जानकारीखण्डमा मैले लिंक राखेको छु । साथै भिडियोको अन्तिममा पनि तपाई हेर्नसक्नुहुनेछ । यस भिडियो सिरिजको नवौँ भागमा भने चितवन अडिसनबाट छानिएका ३ जना प्रतियोगीहरु सुजता कार्की, किरण गुरुङ र समय खड्काका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) सुजता कार्की– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी पहिलो प्रतियोगी हुन् सुजता कार्की । चितवनको टाँडी निवासी उनी ब्याचलर थर्ड ईयर अध्ययन गर्दैछिन् । सानैदेखि गीत गाउन रहर गर्ने सुजिता अहिले संगीत पनि सिक्दैछिन् । सानोमा दिदीहरुले गीत गाउन सहयोग गरेको उनी बताउँछिन् । विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि उनी सहभागी हुने गर्छिन् । उनी यसअघि चितवन आईडलमा पनि सहभागी भएकी थिईन् । उनले अडिसनमा सुरुमा ‘नशालु तिम्रो आँखैले’ बोलको गीत गाएकी थिईन् । त्यसपश्चात उनले ‘लेकाली चोयाको डोको’ बोलको गीत गाएकी थिईन् । दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

२) किरण गुरुङ– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका दोस्रो प्रतियोगी हुन् किरण गुरुङ । सांगितिक ब्याण्डमार्फत अगाडि बढिरहेका उनले विभिन्न प्रतियोगिताहरुमा समेत भाग लिएका थिए । अडिसनमा ‘तिम्रो मन’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट तारिफ बटुलेका किरणलाई निर्णायकहरुले दोस्रो गीत गाउन लगाएका थिए । उनले दोस्रो पटक ‘चाहान्छु तिमीलाई’ बोलको गीत गाएका थिए । दोस्रो गीतमा पनि दमदार प्रस्तुति दिएका किरण दोस्रो गीतसँगै दोस्रो राउण्डका लागि छानिएका हुन् ।

३) समय खड्का– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका तेस्रो प्रतियोगी हुन् समय खड्का । चितवनमा जन्मिएका समय अहिले काठमाडौँमा बसोबास गर्छन् । गीतका शब्दहरु सिर्जन ागर्न मनपराउने उनी कम्पोजर, लिरिसिष्ट, एरेञ्जर र गायक हुन् । विभिन्न गायक गायिकाको गीतमा कम्पोजरका रुपमा काम गरिसकेका उनले केही गायक गायिकाकालागि गीतका शब्दहरु पनि तयार पारिसकेका छन् । उनका आफ्नै विभिन्न गीतहरु पनि सार्वजनिक भईसकेका छन् । अडिसनमा उनले सुरुमा ‘मेरो जीवन’ बोलको गीत गाएका थिए । उनले दोस्रो पटक ‘लैजा चरी’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा पहिलो नेपाल स्टार को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*