केविन ग्लान तामाङको बच्चैदेखिको कथा

२५ चैत्र २०७६, मंगलवार २०:३७
Featured Video Play Icon

मकवानपुर, २५ चैत । हाँस्दा थोरै डिम्पल पर्ने गाला, ईनोसेन्ट फेस र सोझो देखिने केविन ग्लान तामाङ आजभोलि धेरैको रोजाई बनेका छन् । हुन त केविनलाई नेपाल आईडलको स्टेजमा आउनुपूर्व नै चितवन र त्यस आसपासमा धेरैले चिन्थे । स्याडोज नेपाल ब्याण्डका फ्यान उनी सोझो देखिएता पनि रकिङ गीत गाउँछन् । उनको प्रस्तुति र आवाज दुबैको प्रशंसा बढेको छ । आज केविनलाई टेलिभिजनको पर्दामा हेर्दा जति मानिसहरु रोमाञ्चक हुन्छन् त्यत्ति नै उनको कथामा पनि चासो लिन्छन् । केविन गायनले मात्र होईन उनको परिवारले उनीप्रति देखाएको विश्वास र प्रेमले पनि चर्चामा छन् । केविनको फ्यान उनकै परिवार पनि हुन् । यो कुरा उनका बुवा खुमबहादुर ग्लान, उनकी हजुरआमा जयसरा पुन र आमा बिना पुन तामाङले उनीप्रति देखाएको चासो र प्रेमका कारण थाहा पाईन्छ । छोराले केही गर्छ भन्ने विश्वासले नै उनका आमाबुवा र हजुरआमा हृदयभरी आशिर्वाद लिएर अहिले उनलाई साथ दिन संगीतको मैदानमा उभिएका छन् ।

झट्ट हेर्दा नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा उनीसँगै भिड्दै गरेका नेशन पुन जस्तै देखिने केविनलाई केही दर्शकहरुले नेशनको जुडुवा नै हो कि भन्ने ठान्छन् । उनीहरु कमेन्टमा पनि त्यस्तै लेख्छन् । त्यो उनीहरुको नामको कारण पनि हो । केविन ग्लान तामाङ, सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि ‘पुन’ भन्ने शब्द पनि जोड्छन् जसका कारण नेशन पुन मगरसँग उनको नामको पछिल्लो भाग मिल्छ । यस अर्थमा पनि केविन रोचक पात्रका रुमपा उभिएका छन् । तर प्रष्ट छ म्याग्दीका नेशन र चितवनका केविन नेपाल आईडल यात्रामा सहयात्री मात्र हुन् । उनीहरु जुडुवा होईनन् । हेर्नुहोस् भिडियो–

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् केविन ग्लान तामाङ । केविनले नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ सम्म पुग्दा ७ वटा अवार्ड जितेका छन् । उनले ४ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड, २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र १ वटा रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड जितेका छन् । केविनले उत्कृष्ट ८ को प्रस्तुति र उत्कृष्ट ५ को प्रस्तुति पश्चात खुलेको भोटिङमा गरी दुई पटक सर्वाधिक भोट समेत प्राप्त गरेका थिए । यसबाट पनि उनी दर्शकहरुमाझ कति पपुलर छन् भन्ने प्रष्ट हुन्छ ।

नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुकितका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका थिए । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*