सज्जा चौलागाईको जीवन कथा

२५ चैत्र २०७६, मंगलवार २०:३०
Featured Video Play Icon

मकवानपुर, २५ चैत । नेपाल आईडलको स्टेजमा तहल्का मच्चाउँदै गरेको एउटा आवाज जसका आजसम्मका प्रस्तुतिहरु फितलो छैनन् । स्टेजमा उक्लने बित्तिकै रकिङ प्रस्तुति दिने उनी कोही बाहिरिँदा सबैभन्दा पहिल्यै रुन्छिन् । कोमल मन अनि गायन प्रतिभामा अब्बल ती प्रतियोगी हुन् सज्जा चौलागाई । सज्जा चौलागाई प्रस्तुतिमा मात्र होईन व्यवहारमा पनि सिरियस छिन् । तर उनको प्रस्तुति भने उनको व्यक्तित्वभन्दा बाहिरको जस्तो देखिन्छ । उनी स्टेजमा विस्फोट भएजस्तै गरी प्रस्तुति दिन्छिन् अनि दर्शकलाई नाच्न र ताली बजाउन उक्साउँछिन् । उत्कृष्ट ४ मा पुगेका अन्य ३ जना प्रतियोगीका लागि पनि भारी बन्दै आएकी सज्जालाई धेरैले पहिलो महिला नेपाल स्टारका रुपमा समेत अपेक्षा गरेका छन् । त्यसो त विजेता बन्न आवश्यक पर्ने खुबीहरु पनि उनीसँग छ । प्रस्तुति र गायन त अब्बल छ नै त्यसका साथै दर्शकको साथ पनि उनलाई छ । सज्जा अवार्डका मामला पनि अरुभन्दा दुई कदम अगाडि छिन् । उत्कृष्ट ४ सम्म आईपुग्दा उनले अवार्डको नयाँ रेकर्ड नै बनाएकी छिन् । उनको नजिकको प्रतिस्पर्धीले ८ वटा अवार्ड जित्दा उनी भने ११ वटा अवार्ड जित्दै शिर्षस्थानमा छिन् । सज्जाले ४ वटा रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड, २ वटा ग्लामर मोमेन्ट अफ द डे अवार्ड र ५ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेकी छिन् । हेर्नुहोस् भिडियो–

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । भाईको जिम्मेवारी एक्लैले बहन गर्न पनि उनी सक्षम भएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

आदरणीय दर्शकबिन्द, तपाईको विचारमा सज्जाको नेपाल आईडल जित्ने सम्भावना कस्तो छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*