नेपाल स्टारमा बुटवल अडिसनबाट छानिएका १० प्रतियोगीहरु

२५ चैत्र २०७६, मंगलवार २०:२५
Featured Video Play Icon

मकवानपुर, २५ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको बुटवल अडिसनबाट १० प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार बुटवलबाट जम्मा १० जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यी १० जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार १० जना प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा बुटवल अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

१) कमल घर्ती मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका पहिलो प्रतियोगी हुन् कमल घर्ती मगर । वास्तविक नाम कमल काउछा मगर बताउने उनी गुल्मीका हुन् । विभिन्न स्टेज कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउने कमलले अडिसनमा दुई वटा गीत गाएर दोस्रो चरणका लागि प्रवेश पाएका थिए । उनले अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘यो जीवनको’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर आवाजमा गीत गाएका उनले ‘हेर्दा राम्रो’ बोलको दोस्रो गीत पनि अडिसनमा प्रस्तुत गरे । त्यसपश्चात उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

२) खिममाया थापा– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएकी दोस्रो प्रतियोगी हुन् खिममाया थापा । बुटवलकी खिममायाले अडिसनमा ‘बोल माया’ बोलको गीत गाएकी थिईन् । निकै नै राम्रो लोकदोहोरी भाका गाउने खिममायाले दोस्रो गीत पनि लोकदोहोरी नै गाएकी थिईन् । आमा वैदेशिक रोजगारीमा भएता पनि उनी बहिनीसँगै बस्छिन् । उनका बुवा छुट्टै परिवारसँग बसोबास गर्ने उनी बताउँछिन् । उनी दुई वटा लोकदोहोरी गीत नै गाएर दोस्रो चरणका लागि छानिएकी हुन् ।

३) सुमित पौडेल– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका तेस्रो प्रतियोगी हुन् सुमित पौडेल । भैरहवाका सुमन अहिले ब्याचलर फस्र्ट ईयरमा अध्ययनरत छन् । सानोमा भजनहरु गाउँदै गायन यात्रा थालेका उनले पछि संगीतलाई नै प्यासन बनाएका बताउँछन् । हाल संगीत समेत सिकिरहेका उनी कुनै समयमा स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन चाहान्थे । तर आयोजकले आफ्ना नजिकका मानिसहरुलाई मात्र सहभागी हुन दिएपछि उनी कहिलेकाँही आफु फ्रस्टेसनमा गएको पनि बताउँछन् । उनले अडिसनमा ‘बादल बनाई देउ’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा गीत गाएका उनले सोही गीतबाट नै दोस्रो चरणका लागि टिकट प्राप्त गरेका थिए ।

४) रञ्जन पराजुली– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका चौथो प्रतियोगी हुन् रञ्जन पराजुली । सानैदेखि संगीत क्षेत्रमा लागेका रञ्जन बुटवल निवासी हुन् । हाल संगीत पनि सिक्दै गरेका उनी अध्ययन र संगीतलाई संगै अगाडि बढाउन चाहान्छन् । कलाकारिता क्षेत्रमा रहेका रञ्जनका बुवाले पनि उनलाई अगाडि बढ्न हौसला दिएको उनी बताउँछन् । उनी यस अघि नेपाल आईडलमा समेत सहभागी भएका थिए । अडिसनको सुरुमा ‘चाहान्छु तिमीलाई’ बोलको गीत गाएका उनले शब्द बिर्सिएपछि निर्णायकहरुले उनलाई पून गीतार नबजाई गीत गाउन दिएका थिए । सोही गीतबाट उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

५) सुनिल बस्याल– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका पाचौँ प्रतियोगी हुन् सुनिल बस्याल । सुर्खेत निवासी सुनिल अहिले बुटवलमा ईञ्जीनियरिङ अध्ययन गर्दैछन् । सानैदेखि संगीतमा रुचि राख्ने सुनिलले अध्ययनपश्चात सबै समयम संगीतलाई नै दिने गरेको उनी बताउँछन् । आमाबुवालाई संगीत क्षेत्रमा लाग्ने प्रेरणाका रुपमा लिने सुनिल विभिन्न स्टेज शोहरुमा पनि सहभागी हुने गर्छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनले अडिसनमा ‘सयौँ जुनी पाउन’ बोलको गीत गाएका थिए । एउटै गीतमा निर्णायकहरुलाई लठ्ठ पारेका उनी दोस्रो राउण्डका लागि छानिएका छन् ।

६) भुपेन्द्र थापा मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका छैटौँ प्रतियोगी हुन् भुपेन्द्र थापा मगर । यसअघि पनि नेपाल आईडल लगायतका विभिन्न गायन प्रतियोगिताहरुमा राम्रो प्रस्तुति दिईसकेका भुपेन्द्रका केही कभर गीतहरु पनि बजारमा आएका छन् । उनी भैरहवाका हुन् । अडिसनमा ‘परेलीमा’ बोलको गीत गाएका उनलाई स्टेजमै पुगेर निर्णायक रामकृष्ण ढकालले छनौट गरेका थिए । त्यसपश्चात अर्को गीत पनि गाउन लाएपछि भुपेन्द्रले ‘सपना भुलाई सारा’ बोलको गीत गाएका थिए । उनले दुबै गीतमा निर्णायकको मन जितेका थिए ।

७) गोकुल पंगेनी– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका सातौँ प्रतियोगी हुन् गोकुल पंगेनी । बर्दाघाट नवलपराशीका गोकुल पंडितको काम गर्छन् । भाईसँगै पंडितको काम गर्ने उनी गीत गाउन निकै रुचि राख्छन् । विद्यालय तहमा रहेकै समयमा गीत गाउन सिकेका गोकुलको दम्पत्ति नै संगीतप्रेमी भएको उनी बताउँछन् । उनले अडिसनमा सुरुमा ‘यति चोखो यति मिठो’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘यो मायाको सागर’ बोलको गीत गाएका थिए । उनी दुई वटा गीत पश्चात दोस्रो राउण्डका लागि छानिएका हुन् ।

८) विद्यासागर पंगेनी– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका आठौँ प्रतियोगी हुन् विद्यासागर पंगेनी । दाईबाटै प्रेरणा पाएर गीत गाउन सिकेका विद्यासागर दाईलाई नै आफ्नो आईडल मान्छन् । गोकुल पंगेनीका आफ्नै भाई विद्यासागरले अडिसनमा ‘अजम्बरी मायाको’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘ओराली लागेको’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका थिए ।

९) शिव विक– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका नवौँ प्रतियोगी हुन् शिव विक । शिव पेन्टिङको काम गर्ने उनी बताउँछन् । उनले अडिसनमा ‘तिम्रो नै माया’ बोलको गीत गाएका थिए । उनलाई निर्णायकहरुले दोस्रो गीत गाउन लगाएपछि उनले ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् ।

१०) चित्रबहादुर विक– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका दशौँ प्रतियोगी हुन् चित्रबहादुर बिक । उनले अडिसनमा ‘तिमी नै हौ’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*