नेपाल स्टारका दाबेदारहरु, भाग ६

२४ चैत्र २०७६, सोमबार १६:२२
Featured Video Play Icon

मकवानपुर, २४ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको बुटवल अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सिरिजका अघिल्ला भागहरुमा हामीले पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुका बारेमा चर्चा गरेका थियौँ । यदि तपाईले ती भिडियोहरु हेर्नुभएको छैन भने हाम्रो च्यानलमा गएर हेर्नसक्नुहुन्छ । नेपाल स्टार सम्बन्धी भिडियोहरुको प्ले लिष्टको लिंक यस भिडियोको तल डिस्क्रिप्सनमा र यस भिडियोको अन्त्य तथा आई बटममा पनि राखिएको छ । यस भिडियो सिरिजको छैटौँ भागमा हामी बुटवल अडिसनबाट छानिएका ३ जना प्रतियोगीहरु कमल घर्ती मगर, खिममाया थापा र सुमित पौडेलका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) कमल घर्ती मगर– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका पहिलो प्रतियोगी हुन् कमल घर्ती मगर । वास्तविक नाम कमल काउछा मगर बताउने उनी गुल्मीका हुन् । विभिन्न स्टेज कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउने कमलले अडिसनमा दुई वटा गीत गाएर दोस्रो चरणका लागि प्रवेश पाएका थिए । उनले अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘यो जीवनको’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर आवाजमा गीत गाएका उनले ‘हेर्दा राम्रो’ बोलको दोस्रो गीत पनि अडिसनमा प्रस्तुत गरे । त्यसपश्चात उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

२) खिममाया थापा– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएकी दोस्रो प्रतियोगी हुन् खिममाया थापा । बुटवलकी खिममायाले अडिसनमा ‘बोल माया’ बोलको गीत गाएकी थिईन् । निकै नै राम्रो लोकदोहोरी भाका गाउने खिममायाले दोस्रो गीत पनि लोकदोहोरी नै गाएकी थिईन् । आमा वैदेशिक रोजगारीमा भएता पनि उनी बहिनीसँगै बस्छिन् । उनका बुवा छुट्टै परिवारसँग बसोबास गर्ने उनी बताउँछिन् । उनी दुई वटा लोकदोहोरी गीत नै गाएर दोस्रो चरणका लागि छानिएकी हुन् ।

३) सुमित पौडेल– नेपाल स्टारमा दोस्रो चरणका लागि बुटवलबाट छानिएका तेस्रो प्रतियोगी हुन् सुमित पौडेल । भैरहवाका सुमित अहिले ब्याचलर फस्र्ट ईयरमा अध्ययनरत छन् । सानोमा भजनहरु गाउँदै गायन यात्रा थालेका उनले पछि संगीतलाई नै प्यासन बनाएका बताउँछन् । हाल संगीत समेत सिकिरहेका उनी कुनै समयमा स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन चाहान्थे । तर आयोजकले आफ्ना नजिकका मानिसहरुलाई मात्र सहभागी हुन दिएपछि उनी कहिलेकाँही आफु फ्रस्टेसनमा गएको पनि बताउँछन् । उनले अडिसनमा ‘बादल बनाई देउ’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा गीत गाएका उनले सोही गीतबाट नै दोस्रो चरणका लागि टिकट प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*