जति रिचार्ज गर्यो त्यत्तिनै बोनस

२३ चैत्र २०७६, आईतवार ११:५८
Featured Video Play Icon

मकवानपुर, २३चैत । कुनै समयमा नेपाल टेलिकमको सेवालाई मोबाईल प्रयोगकर्ताहरुले त्यति नरुचाएको समय पनि थियो । तर अहिले अवस्था फेरिएको छ । नेपाल टेलिकमले यस्ता अचम्मका अफरहरु ल्याएका छन् जुन प्रयोग गर्न पाउँदा ग्राहकहरु धेरै खुशी हुनसक्छन् । यस भिडियो सामग्रीमा नेपाल टेलिकमले नेपालमा लक–डाउन भएपछि ल्याएको एक अफरका बारेमा चर्चा गर्दैछौँ । यो अफर कसरी प्रयोग गर्ने, कति रकम पर्छ अनि सुविधाहरु कस्ता छन् त्यस बारेमा चर्चा गरौँ ।

नेपाल टेलिकमले पछिल्लो पटक सार्वजनिक गरेको अफर सतप्रतिशत बोनस अफर हो । देश नै लकडाउनको अवस्थामा रहेको अवस्थामा सार्वजनिक गरिएको यो अफरमा तपाईले जति रिचार्ज गर्नुहुन्छ त्यति नै रकम सित्तैमा बोनस पाउनसक्नुहुन्छ । यो सेवा सुचारु गर्न तपाईले कुनै उपाय अपनाउनुपर्दैन । केबल रिचार्ज गरे पुग्छ । तपाईले रिचार्ज गर्ने बित्तिकै जत्तिको गर्नुभयो त्यत्तिकै रुपैयाँ बोनस पाउनसक्नुहुन्छ । तर यो अफर भने लकडाउनको अवधिभरमात्र रहेको छ । तपाईले यो अफर रिचार्ज कार्डका साथै अनलाईनबाट रिचार्ज गर्दा दुबै अवस्थामा पाउनसक्नुहुन्छ । हेर्नुहोस् भिडियो–

सित्तैमा पाएको यो ब्यालेन्सका केही शर्तहरु पनि रहेका छन् । यो बोनस ब्यालेन्स तपाईले अरुलाई ट्रान्स्फर गर्न सक्नुहुन्न । तपाईले यो ब्यालेन्स एनटिसी टु एनटिसी फोन गर्न, एसएमएस गर्न र ईन्टरनेट चलाउन प्रयोग गर्न सक्नुहुन्छ । यसरी प्राप्त भएको बोनस रकमको अवधि तपाईले रिचार्ज गर्नुभएको रकममा भरपर्छ । यदि तपाईले ५० वा १०० रुपैयाँको रिचार्ज गर्नुभएको छ भने बोनस प्राप्त भएको रकम दुई दिनसम्म प्रयोग गर्नसक्नुहुन्छ । २ सयदेखि ५०० सम्म रिचार्ज गर्दा प्राप्त बोनसको म्याद ४ दिन हुन्छ भने एक हजार रुपैयाँको रिचार्ज गर्नुभयो भने प्राप्त भएको बोनसको म्याद ६ दिन हुन्छ । मेन ब्यालेन्स भने तपाईले जुनसुकै बेला प्रयोग गर्न सक्नुहुन्छ । आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*