प्रविण र सज्जा फाईनलमा पुग्लान् ?

२३ चैत्र २०७६, आईतवार ११:३८
Featured Video Play Icon

मकवानपुर, २३ चैत । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा पुगेका दुई प्रतियोगीहरु अहिले चर्चाको शिखरमा हुनुका साथै फाईनलमा पुग्ने वा नपुग्ने भन्ने खतरामा पनि छन् । नेपाल आईडलमा संगीतका उस्ताद भनेर चिनिएका प्रविण बेड्वाल र रकस्टारको छबि बनाएकी सज्जा चौँलागाई अहिले सबैको रोजाईमा परेका छन् । अवार्ड प्राप्त गरेका आधारमा सज्जा अहिलेसम्मकै सर्वाधिक अवार्ड विजेता हुन् भने प्रविणले निकै अवार्डहरु प्राप्त गरेका छन् । गायकी र प्रस्तुतिका आधारमा नेपाल आईडल सिजन ३ को विजेताका रुपमा चर्चा पाईरहेका यी दुई प्रतियोगीहरु फाईनलमा पुग्ने वा नपुग्ने भन्ने कुरामा चाहिँ खतराको अवस्था छ । गत साता पनि बटम ३ मा परेका यी दुई प्रतियोगीहरु अब फाईनलमा पुग्लान् कि नपुग्लान् भन्ने कुराको चर्चा अहिले चलेको छ । साथै वाईल्ड कार्ड राउण्डबाट पनि एक जना छनौट हुनेभएकोले यी दुई प्रतियोगीको फाईनल यात्रा कठिन हुने होकि भन्नेमा धेरैको आशंका छ । यी दुई प्रतियोगीहरुमध्ये सज्जाले २ पटक र प्रविणले पनि २ पटक नै बटम ३ को सामना गरेकी छिन् । तपाईको विचारमा यी दुई प्रतियोगीहरु मध्ये को फाईनलमा पुग्लान् वा बाहिरिएलान् ? अथवा दुबै फाईनलमा पुग्लान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले गाला राउण्डको नवौँ हप्तासम्ममा ११ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी उनले पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ता बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् । साथै गाला राउण्डको नवौँ हप्ता उत्कृष्ट ४ को छनौटका क्रममा कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेकी थिईन् । उनले नवौँ हप्ता नै मेघा श्रेष्ठसँगै संयुक्त रुपमा रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड पनि जितेकी छिन् ।

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविनले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ८ वटा अवार्ड जितेका छन् । उनले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र चौथो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिका क्रममा पनि ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड नै जितेका थिए । त्यस्तै उनले चौथो हप्ताकै सोलो पर्फोमेन्सका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र केविन ग्लान तामाङ, सज्जा चौलागाई र मेघा श्रेष्ठसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले पाँचौँ हप्ता सज्जा चौलागाईसँगको प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र पाँचौँ हप्ता नै उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा सज्जा चौलागाईसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । त्यस्तै गाला राउण्डको आठौँ हप्ता उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेका थिए । उनले गाला राउण्डको उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा सर्वाधिक भोट प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*