किरण कुमार भुजेलको प्रस्तुति उत्कृष्ट

१९ चैत्र २०७६, बुधबार ०५:४०
Featured Video Play Icon

मकवानपुर, १८ चैत । नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेका प्रतियोगी किरण कुमार भुजेलको प्रस्तुति उत्कृष्ट हुन सफल भएको छ । उनको वाईल्डकार्ड राउण्डमा प्रस्तुति उत्कृष्ट भएसँगै उनले अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जित्न सफल भएका छन् । नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरण यसअघि नेपाल आईडलको उत्कृष्ट ७ सम्म पुगेका थिए ।

किरणले नेपाल आईडलमा अहिलेसम्म ४ वटा अवार्ड जितेका छन् । गाला राउण्डको दोस्रो हप्ताको शुक्रबार उनले ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका थिए । त्यस्तै उनले गाला राउण्डको पाँचौँ हप्ता उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा केविन ग्लानसँगै संयुक्त रुपमा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र गाला राउण्डको छैटौँ हप्ता उनले कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेका थिए । उनले वाईल्ड कार्ड ईन्ट्रीको प्रस्तुतिका क्रममा पून कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड नै जितेका थिए । हेर्नुहोस् भिडियो–

२६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ५० वटाभन्दा बढी गीतहरुमा आवाज दिईसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*