रचना रिमाललाई वाईल्ड कार्डमा पहिलो अवार्ड

१९ चैत्र २०७६, बुधबार ०५:३५
Featured Video Play Icon

मकवानपुर, १८ चैत । नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेकी रचना रिमालले प्रतियोगितामा पहिलो अवार्ड जित्न सफल भएकी छिन् । गाला राउण्डको तेस्रो, चौथो र पाँचौँ हप्तामा गरी ३ पटक सर्वाधिक भोट प्राप्त गरेता पनि उनी उत्कृष्ट ७ प्रतियोगीहरु छनौटका क्रममा शोबाट बाहिरिएकी थिईन् । उनी यस अघि उत्कृष्ट ८ मा सम्म पुगेकी प्रतियोगी हुन् । वाईल्डकार्डका लागि निकै नै तयारी गरेर आएकी रचनाले वाईल्डकार्डमा राम्रो प्रस्तुति दिएकै कारण ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्न सफल भएकी हुन् । उनले यसअघि सर्वाधिक भोट प्राप्त गरेता पनि अवार्ड भने जितेकी थिईनन् । हेर्नुहोस् भिडियो–

झापाको भद्रपुर निवासी रचना रिमाल १७ वर्षकी छिन् । कक्षा ११ मा अध्ययनरत रचनाले सानो छँदा मन्दिरमा भजन गाउँदै गायन यात्रा सुरु गरेकी थिईन् । कक्षा ९ मा अध्ययन गर्दाको समयमा संगीतको कक्षामा भर्ना भए पनि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । उनको संगीत सिकाईको समय ४ महिनामा मात्र सिमित भयो । संगीतमै करियर बनाउने योजनामा रहेकी रचनालाई संगीतमा लगाव भएका कारण उनका आमाबुवाले समेत साथ दिएका छन् ।आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*