मेघा श्रेष्ठलाई ८ वटा अवार्ड

१९ चैत्र २०७६, बुधबार ०५:३०
Featured Video Play Icon

मकवानपुर, १८ चैत । नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेकी मेघा श्रेष्ठले ८ वटा अवार्ड जित्न सफल भएकी छिन् । सिजन ३ की एकमात्र गोल्डेन माईक विजेता मेघाले वाईल्ड कार्ड राउण्डमा प्रस्तुति दिएपश्चात एउटा अवार्ड थप गर्न सफल भएकी हुन् । नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् मेघा श्रेष्ठ । मेघाले गोल्डेन माईकसँगै गाला राउण्डमा ८ वटा अवार्ड जितेकी छिन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा र तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेकी थिईन् । उनले चौथो हप्ता केविन ग्लान तामाङ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा उनले बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । उनले गाला राउण्डको आठौँ हप्ता उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा पनि बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड नै जितेकी थिईन् । साथै उनले वाईल्ड कार्ड राउण्डमा सज्जा चौलागाईसँगै रेस्पेक्ट पफोर्मेस अफ द विक अवार्ड जितेकी थिईन् ।

हेर्नुहोस् भिडियो–

२४ वर्षीया मेघा काठमाडौँ बसुन्धारामा बस्छिन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघाले औपचारिक रुपमा संगीत भने सिकेकी छैनन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । संगीत यात्रामा आफन्तको पनि साथ पाएकी मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीतसँगीतमा रुचि राख्छन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*