सज्जा चौलागाईलाई ११ वटा अवार्ड

१९ चैत्र २०७६, बुधबार ०५:२६
Featured Video Play Icon

मकवानपुर, १८ चैत । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा पुग्न सफल प्रतियोगी सज्जा चौलागाईले सर्वाधिक अवार्ड प्राप्त गरेकी छिन् । उनले गाला राउण्डको नवौँ हप्ताको प्रस्तुतिपश्चात मेघा श्रेष्ठसँगै संयुक्त रुपमा रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड प्राप्त गरेकी हुन् । सिजन ३ मा अहिलेसम्मकै सबैभन्दा बढी अवार्ड प्राप्त गर्न सफल सज्जाले अवार्डको नयाँ रेकर्ड नै कायम गर्न सफल भएकी छिन् ।

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले गाला राउण्डको नवौँ हप्तासम्ममा ११ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी उनले पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ता बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् । साथै गाला राउण्डको नवौँ हप्ता उत्कृष्ट ४ को छनौटका क्रममा कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड र नवौँ हप्तामा नै मेघा श्रेष्ठसँग संयुक्त रुपमा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् । हेर्नुहोस् भिडियो–

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*