केविन ग्लान तामाङलाई फेरि सर्वाधिक भोट

१९ चैत्र २०७६, बुधबार ०५:१२
Featured Video Play Icon

मकवानपुर, १८ चैत । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ पर्न सफल केविन ग्लान तामाङलाई पून सर्वाधिक भोट प्राप्त भएको छ । केविनले उत्कृष्ट ५ को प्रस्तुति पश्चात खुलेको भोटिङमा सर्वाधिक भोट प्राप्त गरेका हुन् । योसँगै उनले दुई पटक सर्वाधिक भोट प्राप्त गरेका छन् ।

केविन ग्लान तामाङ नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् । केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिन ग्लान तामाङले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका थिए । उनले बिरगञ्ज अडिसनमा बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड समेत जितेका थिए । गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले गाला राउण्डको पाँचौँ हप्ता उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा किरण कुमार भुजेलसँग संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै छैटौँ हप्तामा उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । त्यस्तै गाला राउण्डको आठौँ हप्ता गायक स्वप्निल शर्मासँगको प्रस्तुतिका क्रममा उनले धमेन्द्र सेवानसँग प्रस्तुति दिएका नेशन पुन मगरसँगै कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ दे डे अवार्ड प्राप्त गरेका थिए । केविनले उत्कृष्ट ८ को प्रस्तुति पश्चात खुलेको भोटिङमा सर्वाधिक भोट समेत प्राप्त गरेका थिए । हेर्नुहोस् भिडियो–

आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*