नेपाल स्टारमा पोखरा अडिसनबाट छानिएकाहरु

१७ चैत्र २०७६, सोमबार २१:११
Featured Video Play Icon

मकवानपुर, १७ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ फागुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शो शनिबार राति ९ बजेपछि हेर्न सकिन्छ । यसैबिच नेपाल स्टारको पोखरा अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार पोखराबाट जम्मा १६ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । उनीहरुमध्ये ४ जनाको नाम टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । यी १६ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार १६ जना प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका १६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) कुरबान अलि खान– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका पहिलो प्रतियोगी हुन् कुरबान अलि खान । स्याङ्जाका कुरबान पोखरा बजारमा बस्छन् । उनी बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले रोमियो नामक चलचित्रमा गीत समेत गाएका छन् । अडिसन राउण्डमा उनले तिम्रो त्यो हँसिलो मुहारको बोलको गीत गाएका थिए । निर्णायक आलोक श्रीले उनलाई अर्को गीत गाउन भनेपछि उनले ‘तिम्रो नै माया’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

२) दिपेश लामा– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका दोस्रो प्रतियोगी हुन् दिपेश लामा । उनी नेपाल आईडलको सिजन ३ मा पनि थिएटर राउण्डसम्म पुगेका थिए । विभिन्न रियालिटी शोहरुमा सहभागी भईसकेका दिपेशले अडिसनमा ‘जन्मेर कोखमा कसैको’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘बिसैर मलाई’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राण्डका लागि छानिएका हुन् ।

३) निशान बराल– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका तेस्रो प्रतियोगी हुन् निशान बराल । पोखराका निशान आफ्नो आमासँगै बस्छन् । बुवाले दोस्रो विवाह गरेपछि उनको लागि आमाले नै संगीतको बाटो डोराएको उनी बताउँछन् । आमा र गुरुहरुको हौसलाका कारण आफु संगीत क्षेत्रमा लागेको उनी बताउँछन् । उनले अडिसनमा ‘यो दिल मेरो’ बोलको गीत गाएका थिए । तिनै जना निर्णायकहरुको मन जित्न सफल निशान एउटै गीत गाएर दोस्रो चरणका लागि छानिएका हुन् ।

४) सुनिल बिक– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका चौथो प्रतियोगी हुन् सुनिल बि.क. । उनले अडिसन राउण्डमा ‘आँखाको निद खोसी लाने’ बोलको गीत गाएका थिए । त्यसपश्चात ‘देउराली उकाली चढेर’ बोलको गीत गाएका उनले सबै निर्णायकको मन जित्न सफल भएका थिए । यसरी दुई वटा गीतहरु गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

५) सफल गायक– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका पाँचौँ प्रतियोगी हुन् सफल गायक । उनले अडिसनमा ‘अल्लारे नानी केसी’ बोलको गीत गाएका थिए । उक्त गीत गाउने क्रममा शब्द बिर्सिएपछि उनी समस्यामा परेका थिए । तर उनलाई निर्णायकहरुले पून अर्को गीत गाउन आग्रह गरे । चर्चित लोक गायक झलकमान गन्धर्वका पनाति समेत रहेका सफल ७ वर्षदेखि परिवारसँगै भारतमा बसोबास गरिरहेका छन् । भारतमा डेढ वर्षदेखि संगीत सिक्दै गरेका सफलले गीत बिगारेपछि निर्णायक आलोक श्रीलाई नराम्रो लागेको थियो । उनलाई अर्को गीत गाउन लगाएपछि भने सफलले मौका पाए । त्यसपछि ‘मेरी दिलकी रानी’ बोलको गीत गाएका उनलाई निर्णायकहरुले दोस्रो राउण्डका लागि छनौट गरे ।

६) रुपेश भण्डारी– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका छैटौँ प्रतियोगी हुन् रुपेश भण्डारी । लेकसाईड जरेबरमा बसोबास गर्ने रुपेश जन्मैदेखि दृष्टिविहिन हुन् । साथीहरुले स्वर राम्रो छ भनेर हौसला दिएपछि उनी संगीतमा अगाडि बढेका हुन् । त्रीवेणी संगितालयमा संगीत सिक्दै गरेका रुपेशले प्ले ब्याक सिंगर बन्ने लक्ष्य राखेका छन् । उनले अडिसनमा ‘सपना भुलाई सारा’ बोलको गीत गाएका थिए । स्वर मिठो भएपनि संगीतमा अझै सुधार जरुरी रहेको भन्दै उनलाई दोस्रो अडिसनका लागि निर्णायकहरुले छनौट गरेका थिए ।

७) अमिन परियार– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका सातौँ प्रतियोगी हुन् अमिन परियार । उनले अडिसनमा ‘आमा हुन’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई सबै निर्णायकहरुले मन पराएका थिए । उनी एउटै गीत गाएर अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका हुन् ।

८) मनिशा राना– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका आठौँ प्रतियोगी हुन् मनिशा राना । स्याङ्जाकी मनिषा अहिले पोखराको न्यूरोडमा बसोबास गर्छिन् । आमा र बहिनीहरुसँगै बस्दै आएकी मनिशाले बिगत ३ वर्षदेखि संगीत सिक्दै छिन् । आमाको संघर्षबाट पाठ सिकेकी मनिशा संगीतमा निकै रुचि राख्छिन् । उनी मिस कल्चर नेपाल २०२० की फाईनालिष्ट पनि हुन् । उनले उक्त प्रतियोगितामा मिस एक्टिभको टाईटल पनि जितेकी थिईन् । उनी नेपाल आईडल सिजन ३ मा पनि सहभागी भएकी थिईन् । उनले अडिसनमा ‘मैले सुने’ बोलको गीत गाएकी थिईन् । उनलाई निर्णायक आलोक श्रीले अर्को गीत गाउन लाउँदा उनले ‘यो हावा’ बोलको गीत गाईन् । आमाको बारेमा कुरा गर्दा निक्कै भावुक भएकी मनिशाले तेस्रो पटक ‘आवाज देऊ मलाई’ बोलको गीत गाएकी थिईन् । उनी ३ वटा गीत गाएपछि दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

९) फुर्बा लामा– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका नवौँ प्रतियोगी हुन् फुर्बा लामा । सानैदेखि सांगितिक परिवारका हुर्किएका फुर्बा पोखरा निवासी हुन् । आर्थिक अभावले पनि आफ्नो संगीत यात्रालाई रोक्न नसकेको बताउने फुर्बाले सानैदेखि ठूलाले गाएको देखेर गीत सिकेका हुन् । विवाहपश्चात पनि निरन्तर संगीत क्षेत्रमै सक्रिय भएका फुर्बा संगित क्षेत्रबाटै केही गर्न सकिन्छ भन्नेमा विश्वास गर्छन् । उनले अडिसनमा ‘परेलीमा लुकाई राख न’ बोलको गीत गाएका थिए । निर्णायकहरुले अर्को गीत गाउन लाएपछि उनले ‘तिमी फेरि आउन’ बकोलको गीत गाएका थिए ।

१०) बबी सुनार– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका दशौँ प्रतियोगी हुन् बबी सुनार । यसअघि विभिन्न गायन रियालिटी शोमा पनि सहभागी भएकी बबी पोखरामा बस्छिन् । उनले अडिसनमा ‘मधुरो रातमा’ बोलको गीत गाएकी थिईन् । उनले त्यसपछि ‘खानी हो यामु हे’ बोलको गीत गाएकी थिईन् । दुई वटा गीत गाएपछि पनि उनलाई लोक गीत गाउन लगाइएको थियो । त्यसपछि उनी दोस्रो राउण्डका लागि छनौट भएकी थिईन् ।

११) पारस थापा– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका एघारौँ प्रतियोगी हुन् पारस थापा । पोखराको बाटुलेचौर निवासी पारसले अडिसनमा ‘गहिरो–गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर गीत गाएका पारसलाई निर्णायकहरुले एउटै गीतबाट दोस्रो राउण्डका लागि छनौट गरेका हुन् ।

नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका बाह्रौँ प्रतियोगीको नाम टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । उनले ‘नमाग मसँग’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा गीत गाएका उनी दोस्रो राउण्डका लागि छानिएका हुन् । नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका तेह्रौँ प्रतियोगीको नाम पनि टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । उनले ‘तिमीले साथ छोडिदिँदा’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् । नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका चौधौँ प्रतियोगीको नाम पनि टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । उनले ‘खाली दोष दिँदै’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएका हुन् । नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका पन्ध्रौँ प्रतियोगीको नाम पनि टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । उनले ‘गाईने दाजैले’ बोलको गीत गाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

१६) मानव परियार– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका सोह्रौँ प्रतियोगी हुन् मानव परियार । उनले अडिसनमा ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । रकिङ प्रस्तुति दिएका मानवलाई सोही गीतबाट दोस्रो राउण्डका लागि छनौट गरिएको हो । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागी हुन पाउने प्रतियोगिताको नेपालका विभिन्न ८ स्थानहरुमा अडिसन भएको थियो । प्रतियोगिताको पहिलो अडिसन बुटवलमा र अन्तिम अडिसन काठमाडौँमा भएको थियो । त्यस्तै धनगढी, सुर्खेत, पोखरा,चितन, बर्दिवास र ईटहरीमा पनि अडिसन भएको थियो । नेपाल स्टारको विजेताले ३५ लाख नगद पुरस्कार सहित अन्य पुरस्कारहरु पाउनेछन् भने फाईनलमा पुगेका थप ३ जनाले ५–५ लाखका दरले पुरस्कार पाउनेछन् । शोमा सुगम संगीतका चर्चित संगितकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तले निर्णायक भूमिका निभाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*