नेपाल स्टारका दाबेदारहरु, भाग ४

१७ चैत्र २०७६, सोमबार २०:५९
Featured Video Play Icon

मकवानपुर, १७ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चित बन्दैछ । यो सामग्री तयार पार्दाको समयमा यस शोका ३ वटा अडिसन राउण्डहरु प्रसारण भईसकेका छन् । यस भिडियो सिरिजको चौथो भागमा पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका थप ३ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यस सामग्रीमा बबी सुनार, पारस थापा र थप एकजना प्रतियोगी बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१०) बबी सुनार– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका दशौँ प्रतियोगी हुन् बबी सुनार । यसअघि विभिन्न गायन रियालिटी शोमा पनि सहभागी भएकी बबी पोखरामा बस्छिन् । उनले अडिसनमा ‘मधुरो रातमा’ बोलको गीत गाएकी थिईन् । उनले त्यसपछि ‘खानी हो यामु हे’ बोलको गीत गाएकी थिईन् । दुई वटा गीत गाएपछि पनि उनलाई लोक गीत गाउन लगाइएको थियो । त्यसपछि उनी दोस्रो राउण्डका लागि छनौट भएकी थिईन् । हेर्नुहोस् भिडियो–

११) पारस थापा– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका एघारौँ प्रतियोगी हुन् पारस थापा । पोखराको बाटुलेचौर निवासी पारसले अडिसनमा ‘गहिरो–गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर गीत गाएका पारसलाई निर्णायकहरुले एउटै गीतबाट दोस्रो राउण्डका लागि छनौट गरेका हुन् ।

नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका बाह्रौँ प्रतियोगीको नाम टेलिभिजन स्क्रिनमा देखाइएको थिएन । उनले ‘नमाग मसँग’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा गीत गाएका उनी दोस्रो राउण्डका लागि छानिएका हुन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा पहिलो नेपाल स्टार को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*