नेपाल स्टारका दाबेदारहरु, भाग २

१७ चैत्र २०७६, सोमबार २०:३९
Featured Video Play Icon

मकवानपुर, १७ चैत । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ फागुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको छ । यस भिडियो सिरिजको दोस्रो भागमा पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका ३ प्रतियोगीहरु सुनिल बिक, सफल गायक र रुपेश भण्डारीका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

४) सुनिल बिक– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका चौथो प्रतियोगी हुन् सुनिल बि.क. । उनले अडिसन राउण्डमा ‘आँखाको निद खोसी लाने’ बोलको गीत गाएका थिए । त्यसपश्चात ‘देउराली उकाली चढेर’ बोलको गीत गाएका उनले सबै निर्णायकको मन जित्न सफल भएका थिए । यसरी दुई वटा गीतहरु गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका हुन् । हेर्नुहोस् भिडियो–

५) सफल गायक– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका पाँचौँ प्रतियोगी हुन् सफल गायक । उनले अडिसनमा ‘अल्लारे नानी केसी’ बोलको गीत गाएका थिए । उक्त गीत गाउने क्रममा शब्द बिर्सिएपछि उनी समस्यामा परेका थिए । तर उनलाई निर्णायकहरुले पून अर्को गीत गाउन आग्रह गरे । चर्चित लोक गायक झलकमान गन्धर्वका पनाति समेत रहेका सफल ७ वर्षदेखि परिवारसँगै भारतमा बसोबास गरिरहेका छन् । भारतमा डेढ वर्षदेखि संगीत सिक्दै गरेका सफलले गीत बिगारेपछि निर्णायक आलोक श्रीलाई नराम्रो लागेको थियो । उनलाई अर्को गीत गाउन लगाएपछि भने सफलले मौका पाए । त्यसपछि ‘मेरी दिलकी रानी’ बोलको गीत गाएका उनलाई निर्णायकहरुले दोस्रो राउण्डका लागि छनौट गरे ।

६) रुपेश भण्डारी– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका छैटौँ प्रतियोगी हुन् रुपेश भण्डारी । लेकसाईड जरेबरमा बसोबास गर्ने रुपेश जन्मैदेखि दृष्टिविहिन हुन् । साथीहरुले स्वर राम्रो छ भनेर हौसला दिएपछि उनी संगीतमा अगाडि बढेका हुन् । त्रीवेणी संगितालयमा संगीत सिक्दै गरेका रुपेशले प्ले ब्याक सिंगर बन्ने लक्ष्य राखेका छन् । उनले अडिसनमा ‘सपना भुलाई सारा’ बोलको गीत गाएका थिए । स्वर मिठो भएपनि संगीतमा अझै सुधार जरुरी रहेको भन्दै उनलाई दोस्रो अडिसनका लागि निर्णायकहरुले छनौट गरेका थिए ।आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा पहिलो नेपाल स्टार को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*