कोरोना भाईरसबाट नेपालीलाई जोगाउन गायक प्रकाश सपूतको चेकसहितको सन्देश

११ चैत्र २०७६, मंगलवार १३:१८
Featured Video Play Icon

मकवानपुर, ११ चैत । चर्चित गायक प्रकाश सपूतले सम्पूर्ण नेपालीहरुलाई कोरोना भाईरसबाट जोगाउनुपर्ने भन्दै सरकारको नाममा खुलापत्र लेखेका छन् । उनले दुई लाख रकम सहितको बेनामी चेक पत्रकार महासंघमार्फत सरकारलाई सहययोग गर्दै सामाजिक सञ्जालमार्फत सन्देश लेखेका हुन् । बोल माया, गलबन्दी, दोहोरी ब्याटलजस्ता चर्चित गीत गाएका प्रकाशले नेपालीलाई कोरोना र त्यसबाट पर्ने अनिकालबाट जोगाउन पहल गर्दै सन्देश लेखेका हुन् । यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सन्देश–

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार
विश्वमा भयानक रुप लिँदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजÞोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको जीम्मेवारी बोधप्रति हामी कृतज्ञ छौँ । यधपि केहिदिन अगाडि स्वास्थ्य मन्त्रीज्युले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौँ । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।

सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फÞ क्वारेनटाईनमा बसेका छौँ । दशैँमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौँ । एक अर्थमा मेरो बाबा, आमा र गाउँ सार्है खुशी देखिएका छन् तर त्यो खुशी धेरै बेर रहन सकेन जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो –‘अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी–बसी खान कहिले सम्म पुग्ने हो ?’ माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो बैदेशिक रोजÞगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहाँलाई ढाडस दिएको थिएँ –बा ! तपाईँ बुढो हुनु भो अब बिदेश नजानुस । म गर्छु । ‘आमा गृहिणी हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन् । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५–६ वर्षदेखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न । दर्शक श्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ ।) खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौँ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामीसँग धेरै नगद मौज्दात रहेनछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो–सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसी–बसी खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसँग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरेँ । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईनँ । आत्मसम्मान र सपना को पछि लागेँ । यधपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसीबसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा– बिन्दु जि लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन् । तर म निदाउन सकिनँ ।

सम्माननीय प्रधान मन्त्री ज्यु,
के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौँ हाम्रो जनतालाई भनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यैबाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फÞ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेडदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला–यति पैसाले स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गाँस चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आँशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले !

ल मानम परिस्थिति यस्तै भयो–आफुसँग हुँदासम्म खाने , नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रकÞम बच्ने भयो करिब–२ लाख रुपैयाँ । एउटा जÞिम्मेवार नागरिकका हैसियतले यो रकÞम यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहाँ कसको नाममा दिने निधो नभएपछि रकÞम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यालय बागलुङमा पठाएको छु । यो रकÞम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाँचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुशी ! सेल्फÞ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाजÞी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुशी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दार बालबालिका र अन्य रोगले ग्रस्त कोही कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुशी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गाँस दालभात ख्वाउन पाए पनि म खुशी । रकÞम थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुशी ।

ल मानम यो सबै परिस्थितीको सामना र जीम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुशी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र बाँकी रकÞमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रकÞम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस् । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।
आफ्नो र हाम्रो ख्याल राख्नु होला । धन्यबाद ।
प्रकाश सपुत, एक नागरिक र एक कलाकार

आदरणीय दर्शकविन्द गायक प्रकाश सपूतको यो काम तपाईलाई कस्तो लाग्यो ? के तपाई पनि सरकारको आदेशलाई मान्दै घरमै क्वारेन्टीनमा बसिरहनुभएको छ ? कृपया आफु र आफ्नो परिवारलाई जोगाउन तपाईँ जहाँ हुनुहुन्छ त्यही ठाउँलाई नै होम क्वारेन्टीनका रुपमा प्रयोग गरेर बाहिर ननिस्कनुहुन हामी तपाईलाई अनुरोध गर्दछौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*