नेपालमा थप एक युवतीलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि, को हुन् ती युवती ?

१० चैत्र २०७६, सोमबार १४:२६
Featured Video Play Icon

मकवानपुर, १० चैत । नेपालमा थप एक जना युवतीलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको आधिकारिक जानकारी पत्रकार सम्मेलन मार्फत गराएको हो । हेर्नुहोस् भिडियो–

चैत १० गते सोमबार मध्यान्ह गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको छ । कोरोना संक्रमित युवती फ्रान्सबाट कतार हुँदै नेपालमा फर्किएकी थिईन् । उनी १९ वर्षको रहेको बिबिसीले जनाएको छ । मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा कोरोना भाईरस सङ्क्रमण भएको विवरण अपडेट भएको थियो । युरोपमा महामारी फैलिएपछि ती युवती फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ । नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात एकान्तवासमा बसेकी थिईन् । सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ । उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

यी युवतीभन्दा केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको थियो । उनी अहिले स्वस्थ अवस्थामा रहेको बताइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको बताइएको छ । तीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*