सज्जा, मेघा र मुस्कान पुग्लान त उत्कृष्ट ५ मा ?

२९ फाल्गुन २०७६, बिहीबार १८:११
Featured Video Play Icon

मकवानपुर, २९ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ६ मा पर्न सफल सज्जा चौलागाईँ, मेघा श्रेष्ठ र मुस्कान रानाभाट यस पटक उत्कृष्ट ५ मा पुग्ने वा नपुग्ने विषयमा चर्चा चलेको छ । उनीहरुमध्ये सज्जा र मुस्कान गत हप्ता बटम ३ मा परेका थिए । त्यस्तै मेघाले ३ पटक बटम ३ को सामना गरेकी छिन् । सिजन ३ को सर्वाधिक अवार्ड विजेता सज्जा चौलागाईले चर्चित प्रतियोगीहरु मुस्कान रानाभाट र किरण कुमार भुजेलसँगै बटम ३ को सामना गरेकी थिईन् । उनीहरुमध्ये किरणले नेपाल आईडलको यात्रा गत हप्ता टुङ्गाएका थिए । बाँकी रहेकी मुस्कान र सज्जामध्ये भोटका आधारमा दुबै जना उत्कृष्ट ५ मा पुग्छन् वा बाहिरिन्छन् भन्ने चर्चा दर्शकहरुले गरेका छन् । गाला राउण्डमा पुगेपछि उत्कृष्ट ६ मा रहेका प्रतियोगीहरुमध्ये मेघा श्रेष्ठ र मुस्कान रानाभाटले ३ पटक बटम ३ को सामना गरेका छन् । सज्जा चौलागाईले पहिलो पटक बटम ३ को सामना गरेकी हुन् । यसरी हेर्दा सज्जा, मेघा र मुस्कानलाई यो हप्ता खतरा भएको दर्शकहरु बताउँछन् । हुन त यो हप्ताको शुटिङ सोमबार तिर नै भईसकेको अनुमान छ यसर्थ को बाहिरियो भन्ने कुराबाट दर्शकहरु अनभिज्ञ भएता पनि निर्णायक र सहभागीहरुलाई भने यो कुरा थाहा भइसकेको छ । तपाईको विचारमा यी ३ प्रतियोगी वा अन्य प्रतियोगीहरुमध्ये यो बिहीबार उत्कृष्ट ५ मा कोको पुग्नेछन् ? कृपया कमेन्ट गर्नुहोला ।

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जित्ने प्रतियोगीमध्येकी एक सज्जाले गाला राउण्डको सातौँ हप्तासम्ममा ९ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । त्यस्तै गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा पनि कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा सज्जाले प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ताको बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जाले साँगितिक दुनियाँमा ६ वर्षदेखि लागिपरिहेकी छिन् । सानैदेखि गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध उनलाई ब्याण्ड मेम्बरहरुले साँगितिक करियर निर्माणकालागि निकै सहयोग गरेका छन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् । उनी सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता पनि हुन् । मेघाले हालसम्म ६ वटा अवार्ड जितेकी छिन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा र तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेकी थिईन् । उनले चौथो हप्ता केविन ग्लान तामाङ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघो औपचारिक रुपमा संगीत भने नसिकेको बताउँछिन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीत गुनगुनाउँछन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् मुस्कान रानाभाट । उनले नेपाल आईडलमा गाला राउण्डको सातौँ हप्तासम्ममा २ वटा अवार्ड जित्न सफल भएकी छिन् । उनले गाला राउण्डको दोस्रो हप्तामा ‘बर्जर ग्लामर मोमेन्ट अफ द विक’ अवार्ड जितेकी थिईन् । त्यस्तै उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड प्राप्त गरेकी थिईन् । उनी पोखरा निवासी हुन् ।
नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी २२ वर्षिया मुस्कानले संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी छिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । सानोमा गाउन नजाने पनि गाउँछु भन्दै अग्रसरता देखाएको उनी सम्झन्छिन् । सानोमा साईबाबाको भजन गाउने गरेकी मुस्कानले साँगितिक परिवारमै हुर्कने मौका पाएकी थिईन् । बुवा साँगितिक बाजाहरु ब्जाउने र आमा गाउने कलामा निपुण भएका कारण मुस्कानले पनि संगीतमा रुचि राख्दै अघि बढेकी हुन् । संगीतकार बन्ने बुवा र आमाको सपनालाई अहिले मुस्कानले अघि बढाएकी छिन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*