नेपाल स्टारका दाबेदारहरु, भाग १

२९ फाल्गुन २०७६, बिहीबार १३:१७
Featured Video Play Icon

मकवानपुर, २९ फागुन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ फागुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शो शनिबार राति ९ बजेपछि हेर्न सकिन्छ । यसैबिच नेपाल स्टारको पोखरा अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सिरिजको पहिलो भागमा पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका ३ प्रतियोगीहरु कुरबान अलि खान, दिपेश लामा र निशान बरालका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) कुरबान अलि खान– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका पहिलो प्रतियोगी हुन् कुरबान अलि खान । स्याङ्जाका कुरबान पोखरा बजारमा बस्छन् । उनी बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले रोमियो नामक चलचित्रमा गीत समेत गाएका छन् । अडिसन राउण्डमा उनले तिम्रो त्यो हँसिलो मुहारको बोलको गीत गाएका थिए । निर्णायक आलोक श्रीले उनलाई अर्को गीत गाउन भनेपछि उनले ‘तिम्रो नै माया’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

२) दिपेश लामा– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका दोस्रो प्रतियोगी हुन् दिपेश लामा । उनी नेपाल आईडलको सिजन ३ मा पनि थिएटर राउण्डसम्म पुगेका थिए । विभिन्न रियालिटी शोहरुमा सहभागी भईसकेका दिपेशले अडिसनमा ‘जन्मेर कोखमा कसैको’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘बिसैर मलाई’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राण्डका लागि छानिएका हुन् ।
३) निशान बराल– नेपाल स्टारमा दोस्रो चरणका लागि पोखराबाट छानिएका तेस्रो प्रतियोगी हुन् निशान बराल । पोखराका निशान आफ्नो आमासँगै बस्छन् । बुवाले दोस्रो विवाह गरेपछि उनको लागि आमाले नै संगीतको बाटो डोराएको उनी बताउँछन् । आमा र गुरुहरुको हौसलाका कारण आफु संगीत क्षेत्रमा लागेको उनी बताउँछन् । उनले अडिसनमा ‘यो दिल मेरो’ बोलको गीत गाएका थिए । तिनै जना निर्णायकहरुको मन जित्न सफल निशान एउटै गीत गाएर दोस्रो चरणका लागि छानिएका हुन् ।

१६ वर्षदेखि ४५ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागी हुन पाउने प्रतियोगिताको नेपालका विभिन्न ८ स्थानहरुमा अडिसन भएको थियो । प्रतियोगिताको पहिलो अडिसन बुटवलमा र अन्तिम अडिसन काठमाडौँमा भएको थियो । त्यस्तै धनगढी, सुर्खेत, पोखरा,चितन, बर्दिवास र ईटहरीमा पनि अडिसन भएको थियो । नेपाल स्टारको विजेताले ३५ लाख नगद पुरस्कार सहित अन्य पुरस्कारहरु पाउनेछन् भने फाईनलमा पुगेका थप ३ जनाले ५–५ लाखका दरले पुरस्कार पाउनेछन् । शोमा सुगम संगीतका चर्चित संगितकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तले निर्णायक भूमिका निभाएका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा पहिलो नेपाल स्टार को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*