सज्जा चौलागाईले राखिन् ९ वटा अवार्डको नयाँ रेकर्ड

२६ फाल्गुन २०७६, सोमबार १६:३०
Featured Video Play Icon

मकवानपुर, २६ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल सज्जा चौलागाईँले नेपाल आईडलमा अवार्ड जितेर नयाँ रेकर्ड कायम गरेकी छिन् । उनले उत्कृष्ट ६ को प्रस्तुति सकिएसँगै प्राप्त गरेको अवार्डको संख्या ९ वटा पुगेको छ । यो नै सिजन ३ को सर्वाधिक अवार्ड विजेताको रेकर्ड हो । उनी पछि प्रविण बेड्वालले ७ वटा अवार्ड जितेका छन् । सज्जाले उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा ‘वारी तुवाँलो’ बोलको लोकगीत प्रस्तुत गरेकी थिईन् । रकस्टारको रुपमा चिनिएकी सज्जाले लोकगीतमा पनि अब्बल प्रस्तुती दिईन् । उनको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । सोही प्रस्तुतिका आधारमा उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जित्न सफल भएकी थिईन् । हेर्नुहोस् भिडियो–

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जित्ने प्रतियोगीमध्येकी एक सज्जाले गाला राउण्डको सातौँ हप्तासम्ममा ९ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । त्यस्तै गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा पनि कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा सज्जाले प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ताको बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जाले साँगितिक दुनियाँमा ६ वर्षदेखि लागिपरिहेकी छिन् । सानैदेखि गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध उनलाई ब्याण्ड मेम्बरहरुले साँगितिक करियर निर्माणकालागि निकै सहयोग गरेका छन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*