अवार्ड थप्दै मुस्कान रानाभाट

२६ फाल्गुन २०७६, सोमबार १३:०१
Featured Video Play Icon

मकवानपुर, २६ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल मुस्कान रानाभाटले नेपाल आईडल यात्रामा अर्को अवार्ड थपेकी छिन् । उनले उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा बर्जर ग्लामर मामेन्ट अफ द विक अवार्ड जितेकी हुन् । शो प्रस्तुतिका क्रममा उनले रत्यौली प्रस्तुत गरेकी थिईन् । सबै निर्णायकको स्टाण्डिङ अवेशन प्राप्त गर्न सफल यही प्रस्तुतिले नै मुस्कानलाई अवार्ड दिलाएको हो । नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् मुस्कान रानाभाट । उनले नेपाल आईडलमा अहिलेसम्म २ अवार्ड जित्न सफल भएकी छिन् । उनले गाला राउण्डको दोस्रो हप्तामा ‘बर्जर ग्लामर मोमेन्ट अफ द विक’ अवार्ड जितेकी थिईन् । त्यस्तै उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा बर्जर ग्लामर मामेन्ट अफ द विक अवार्ड प्राप्त गरेकी थिईन् । उनी पोखरा निवासी हुन् । हेरौँ यो भिडियो–

नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी २२ वर्षिया मुस्कानले संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी छिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । सानोमा गाउन नजाने पनि गाउँछु भन्दै अग्रसरता देखाएको उनी सम्झन्छिन् । सानोमा साईबाबाको भजन गाउने गरेकी मुस्कानले साँगितिक परिवारमै हुर्कने मौका पाएकी थिईन् । बुवा साँगितिक बाजाहरु ब्जाउने र आमा गाउने कलामा निपुण भएका कारण मुस्कानले पनि संगीतमा रुचि राख्दै अघि बढेकी हुन् । संगीतकार बन्ने बुवा र आमाको सपनालाई अहिले मुस्कानले अघि बढाएकी छिन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् ।

मुस्कानको भोटिङ कोड एनआई ०७ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०७ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*