नेशनलाई ५ वटा अवार्ड

२५ फाल्गुन २०७६, आईतवार १५:५२
Featured Video Play Icon

मकवानपुर, २५ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल नेशन पुन मगरले पून अर्को अवार्ड प्राप्त गरेका छन् । उनले उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा एक अवार्ड थप गर्दै आफुले पाएको अवार्डको संख्या ५ वटा पुराएका छन् । उक्त प्रस्तुतिका क्रममा नेशनले ‘के खान्छौ कमला’ बोलको चर्चित लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । गीतमा निर्णायक र दर्शकलाई छमछमी नचाएका नेशनले सबै निर्णायकहरुको स्टाण्डिङ अवेशन नै दिएका थिए । उनले सोही प्रस्तुतिका आधारमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड प्राप्त गरेका थिए । हेरौँ भिडियो–

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् नेशन पुन मगर । पोखराका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ५ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्ता मेघा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै उनले तेस्रो हप्ता नै उत्कृष्ट १० को प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको पाँचौँ हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड पनि जितेका थिए । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले एकपटक सर्वाधिक भोट प्राप्त गरेका थिए ।

पोखराका नेशन पुन मगरले गाला राउण्डको पहिलो हप्ता सर्वाधिक भोट प्राप्त गरेका थिए । उत्कृष्ट १२ मा परेकाहरुमध्ये नेशनले सर्वाधिक भोट प्राप्त गरेका हुन् । ‘हाईएस्ट भोटेट कन्टेस्टेन्ट’ बनेका नेशन २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागी भएका उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे पनि जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*