जो बाहिरिँदा निर्णायकहरु पनि रोए

२५ फाल्गुन २०७६, आईतवार १५:३०
Featured Video Play Icon

मकवानपुर, २५ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ७ सम्म पुगेका किरण कुमार भुजेलले उत्कृष्ट ६ को यात्रा तय गर्न सकेनन् । उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा दमदार प्रस्तुति दिएका उनले प्रस्तुतिकै बिचमा मिस नेपाल अनुष्का श्रेष्ठ र मिस नेपाल सुप्रानेशनल रोज लामालाई मञ्चमै नचाएका थिए । विभिन्न समयमा दमदार प्रस्तुति दिँदै आएका किरण शोमा रियल पर्फोमरका रुपमा चिनिएका थिए । तर भोटको कमि भएका कारण उनी अघिल्लो चरणमा जान सकेनन् । उनी बाहिरिँदा प्रतियोगीहरुमात्र होईन शोका निर्णायकहरु नै रोएका थिए । किरणले अन्तिम प्रस्तुतिका क्रममा किरण घिमिरेको आवाजमा रहेको ‘नशालु तिम्रो आँखाले’ बोलको गीत गाएका थिए । अनुष्का र रोजलाई उनले स्टेजसम्मै डोराएर नचाएका थिए । उनको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन पनि दिएका थिए । सोही प्रस्तुतिबाट उनले ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड पनि जितेका थिए । तर यस अघि मिग्मा लामाको जस्तै दुखद नतिजा किरणले भोगे । मिग्माले पनि उत्कृष्ट प्रस्तुतिको अवार्ड पाएपछि शोबाट बाहिरिएका थिए भने किरणले पनि उत्कृष्ट प्रस्तुतिको अवार्ड पश्चात नै शोबाट बाहिरिनु परेको छ । बटम थ्रीमा परेका सज्जा चौलागाईँ र मुस्कान रानाभाट सेभ भएपछि किरण सेभ हुन सकेनन् । ममता तेस्रो पटक बटम ३ मा परेकी हुन् । किरण यस अघि बटम ३ मा एकपटक पनि परेका थिएनन् । हेरौँ भिडियो–

नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरणले नेपाल आईडलमा ३ वटा अवार्ड जितेका थिए । गाला राउण्डको दोस्रो हप्ताको शुक्रबार उनले ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका थिए । त्यस्तै उनले गाला राउण्डको पाँचौँ हप्ता उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा केविन ग्लानसँगै संयुक्त रुपमा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । उनले अन्तिम प्रस्तुतिका क्रममा उत्कृष्ट ७ को सोलो प्रस्तुस्तिमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए ।

२६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरणले एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरे । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ‘नरनारीबाट प्रेमको’ बोलको पहिलो गीत सार्वजनिक गरेपश्चात किरणले ब्याण्डहरुसँगको सहकार्यका गीगहरु समेत गर्दै आएका छन् । ५० वटाभन्दा बढी गीत सार्वजनिक गरिसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*