नेपालकै ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ आजदेखि प्रसारण हुँदै

२४ फाल्गुन २०७६, शनिबार १९:३०
Featured Video Play Icon

मकवानपुर, २४ फागुन । नेपाल टेलिभिजनबाट प्रसारणको तयारीमा रहेको नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ आज फागुन २४ गतेदेखि प्रसारण हुँदैछ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको प्रसारण फागुन २४ गते शनिबार राति ९ बजेपछि नेपाल टेलिभिजनबाट प्रसारण हुनेभएको हो । निर्माण युनिटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । हेरौँ भिडियो–

निर्माण युनिटले सबै अडिसन राउण्डहरु सकाएर अब टेलिभिजमार्फत प्रसारण सुरु गर्न थालेको हो । ‘हामी नेपाली हाम्रो आवाज’ को नारा सहित सुरु भएको अडिसनमा प्रतियोगीहरुले समेत उत्साहजनक सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल आईडल र भ्वाईस अफ नेपालमा चर्चा कमाएका केही प्रतियोगीहरुले पनि सहभागिता जनाएका छन् । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागी हुन पाउने प्रतियोगिताको नेपालका विभिन्न ८ स्थानहरुमा अडिसन भएको थियो । प्रतियोगिताको अन्तिम अडिसन २०७६ माघ १७ गते काठमाडौँमा भएको छ । प्रतियोगिताको पहिलो अडिसन बुटवलमा भएको थियो । त्यस्तै धनगढी, सुर्खेत, पोखरा,चितन, बर्दिवास र ईटहरीमा पनि अडिसन भएको थियो ।

नेपाल स्टारको विजेताले ३५ लाख नगद पुरस्कार सहित अन्य पुरस्कारहरु पाउनेछन् भने फाईनलमा पुगेका थप ३ जनाले ५–५ लाखका दरले पुरस्कार पाउनेछन् । शोमा सुगम संगीतका चर्चित संगितकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तले निर्णायक भूमिका निभाएका छन् ।आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*