को पुग्छ फाईनलमा ?

२२ फाल्गुन २०७६, बिहीबार १९:५१
Featured Video Play Icon

मकवानपुर, २२ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ अहिले उपाधी भिडन्तको नजिकै छ । उपाधी भिडन्तको नजिक पुगेसँगै फाईनलमा को पुग्छ र कसले जित्छ भनेर दर्शकहरुले समेत अनुमान लाउन थालेका छन् । सर्वाधिक भोट पाएका प्रतियोगी नै बाहिरिन थालेपछि अहिले उपाधीको असली हकदार को हो भन्ने विषयमा पनि चर्चा चलेको छ । यस अघिको सामग्रीमा हामीले अवार्ड प्राप्त गरेका र चर्चाका आधारमा फाईनलमा पुग्न सक्ने ४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरेका थियौँ । तपाईले उक्त भिडियो हाम्रो च्यानलमा हेर्नसक्नुहुन्छ अथवा सजिलोको लागि यस भिडियोको डिस्क्रीप्सनमा लिंक राखिएको छ । यस सामग्रीमा भने हामी थप ३ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दै छौँ । उनीहरुले पाएको अवार्डको संख्या थोरै भएता पनि उनीहरुको बुलन्द आवाज र प्रस्तुतिका कारण फाईनलमा पुग्नसक्ने देखिएको छ । यस सामग्रीमा नेशन पुन मगर, किरण कुमार भुजेल र मुस्कान रानाभाटका बारेमा क्रमबद्ध रुपमा चर्चा गरिएको छ । यो सामग्री तयार पार्दाको समयसम्म यीनीहरुमध्ये नेशनले ४ वटा, किरणले २ वटा र मुस्कानले १ वटा अवार्ड प्राप्त गरेका छन् । हेरौँ भिडियो–

५) नेशन पुन मगर– नेशन पुन मगर नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् । म्याग्दीका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ४ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्ता मेघा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै उनले तेस्रो हप्ता नै उत्कृष्ट १० को प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको पाँचौँ हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड पनि जितेका थिए । उनले एकपटक सर्वाधिक भोट प्राप्त गरेका थिए ।

पोखरा अडिसनबाट छानिएका नेशन पुन मगरले गाला राउण्डको पहिलो हप्ता सर्वाधिक भोट प्राप्त गरेका थिए । उनी २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागी भएका उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे पनि जितेका थिए ।

२) किरण कुमार भुजेल– किरण कुमार भुजेल नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् । नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरणले नेपाल आईडलमा अहिलेसम्म २ वटा अवार्ड जितेका छन् । गाला राउण्डको दोस्रो हप्ताको शुक्रबार उनले ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका थिए । त्यस्तै उनले गाला राउण्डको पाँचौँ उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा केविन ग्लानसँगै संयुक्त रुपमा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए ।

२६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरणले एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरे । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ‘नरनारीबाट प्रेमको’ बोलको पहिलो गीत सार्वजनिक गरेपश्चात किरणले ब्याण्डहरुसँगको सहकार्यका गीगहरु समेत गर्दै आएका छन् । ५० वटाभन्दा बढी गीत सार्वजनिक गरिसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् ।

३) मुस्कान रानाभाट– मुस्कान रानाभाट नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् । उनले नेपाल आईडलमा अहिलेसम्म एउटा अवार्ड जित्न सफल भएकी छिन् । उनले गाला राउण्डको दोस्रो हप्तामा ‘बर्जर ग्लामर मोमेन्ट अफ द विक’ अवार्ड जितेकी थिईन् । उनी पोखरा निवासी हुन् ।

नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी २२ वर्षिया मुस्कानले संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी छिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । सानोमा गाउन नजाने पनि गाउँछु भन्दै अग्रसरता देखाएको उनी सम्झन्छिन् । सानोमा साईबाबाको भजन गाउने गरेकी मुस्कानले साँगितिक परिवारमै हुर्कने मौका पाएकी थिईन् । बुवा साँगितिक बाजाहरु ब्जाउने र आमा गाउने कलामा निपुण भएका कारण मुस्कानले पनि संगीतमा रुचि राख्दै अघि बढेकी हुन् । संगीतकार बन्ने बुवा र आमाको सपनालाई अहिले मुस्कानले अघि बढाएकी छिन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*