कसले जित्छ कमेडी च्याम्पियन ?

२१ फाल्गुन २०७६, बुधबार १६:३८
Featured Video Play Icon

मकवानपुर, २१ फागुन । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा अन्तिम ३ फाईनालिष्टहरु छानिएका छन् । प्रतियोगिताको फाईनलका लागि खड्गबहादुर पुन मगर, हिमेश पन्त र सुमन कोईराला छानिएका हुन् । यी ३ प्रतियोगीहरुमध्ये हिमेश पन्त उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पर्फोमर अफ द राउण्ड बन्दै फाईनलमा प्रवेश गरेका हुन् भने खड्गबहादुर पुन मगर सर्वाधिक भोट प्राप्त गर्दै फाईनलमा पुगेका हुन् । सुमन कोईराला पनि दोस्रो सर्वाधिक भोट प्राप्त गर्दै फाईनलका लागि छनौट भएका हुन् । उत्कृष्ट ४ मा पुगेका विष्णुप्रसाद गौडेल मेक्सम भने भोटका कारण फाईनलमा पुग्न सकेनन् । फाईनालिष्टहरु छानिएसँगै यस रियालिटी शोको फाईनल भिडन्त पनि तय गरिएको छ । यही आउँदो चैत १ गते हुने फाईनलबाट पहिलो कमेडी च्याम्पियनको छनौट गरिनेछ । फाईनलमा कसले जित्नेछ भन्ने विषयमा सामाजिक सञ्जालमा बहस समेत छेडिएको छ । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियनमा कसको जित्ने सम्भावना छ र किन भन्ने विषयमा केन्द्रित रहेर तिनै जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ । तपाईको विचारमा कसले किन जित्न सक्छन् ? कृपया कमेन्टमा लेख्नुहोला । हेरौँ भिडियो–

१) हिमेश पन्त– कमेडी च्याम्पियनको फाईनलमा पुग्न सफल पहिलो प्रतियोगी हुन् हिमेश पन्त । धादिङ निवासी हिमेशले कमेडी च्याम्पियनको सेटमा फरक–फरक कमेडी प्रस्तुत गर्दै हँसाउँदै आएका छन् । उनी राजनीतिका विषयमा कमेडी गर्न निकै सक्षम देखिन्छन् । उनी पर्फोमर अफ द राउण्ड हुँदै फाईनलमा प्रवेश गरेका हुन् । क्यारिकेचर गर्नदेखि सन्देशमुलक प्रस्तुति दिने गरेका कारण उनले च्याम्पियन जित्ने सम्भावना बलियो छ । प्रस्तुतिका हिसाबले उनी युवाहरुमाझ लोकप्रिय छन् । उनले प्रिफाईनलको प्रस्तुतिका क्रममा विविध विषयमा प्रस्तुति दिएका थिए । उनले विवाहदेखि धर्म र राजनीतिसम्मको व्यङ्ग्य गरेका थिए ।

२) खड्गबहादुर पुन मगर– कमेडी च्याम्पियनको फाईनलमा पुग्न सफल दोस्रो प्रतियोगी हुन् खड्गबहादुर पुन मगर । रोल्पा निवासी खड्गबहादुर वाईल्ड कार्ड ईन्ट्रीमा सर्वाधिक भोट प्राप्त गर्दै उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । त्यस पश्चात भोटिङमार्फत उनी उत्कृष्ट ६ हुँदै उत्कृष्ट ५ मा पुगेका थिए । उत्कृष्ट ५ बाट उनी पर्फोमर अफ द राउण्ड हुँदै उत्कृष्ट ४ मा प्रवेश गरेका हुन् । त्यशपश्चात भने उनी पून सर्वाधिक भोट प्राप्त गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उनको सरल कमेडीले सबैको मन जित्ने गरेको छ । उनी सरल कुरा र ग्रामिण परिवेशलाई थपक्क टिपेर राजनीति देखि वर्तमान समयसम्मको कमेडी गर्न माहिर छन् । उनी दर्शकहरुमाझ प्रसिद्ध भएकाले सर्वाधिक भोट सहित विजेता बन्ने सम्भावना प्रवल छ । उनले प्रिफाईनलको प्रस्तुतिका क्रममा पनि सरल कमेडी गर्दै तिखो व्यङ्ग्य गरेका थिए ।

५) सुमन कोईराला– कमेडी च्याम्पियनको फाईनलमा पुग्न सफल चौथो प्रतियोगी हुन् सुमन कोईराला । अर्गानिक कमेडियनका रुपमा चिनिएका सुमन ईटहरी निवासी हुन् । वाईल्ड कार्ड ईन्ट्रीमा उनको प्रस्तुतिलाई सर्वाधिक रुचाइएको थियो । उनी वाईल्डकार्ड राउण्डमा पर्फमर अफ द राउण्ड घोषित हुँदै उत्कृष्ट ७ मा परेका थिए । त्यसपश्चात उनी दले दाईका नामले चर्चित बनेका छन् । उत्कृष्ट ७ हुँदै उनी फाईनलमा आईपुगेका छन् । उनी दुई पटक पर्फोमर अफ द राउण्ड घोषित भएका थिए । सुमनले अर्गानिक माध्यमबाट शशक्त प्रस्तुति दिने गरेका कारण धेरै जसो दर्शकहरु उनले जित्नुपर्छ भन्ने धारणा राख्छन् । च्याम्पियनकै सर्वाधिक हिट प्रतियोगी भएका कारण पहिलो च्याम्पियन उनी बन्नसक्ने आधारहरु छन् । उनले प्रिफाईनलको क्रममा एक सरकारी कर्मचारीको विषयमा व्यङ्ग्य गरेका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियककोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*