प्रविणको प्रस्तुति लगातार हिट, जिते ७ वटा अवार्ड

२० फाल्गुन २०७६, मंगलवार २१:०३
Featured Video Play Icon

मकवानपुर, २० फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ७ मा पर्न सफल प्रविण बेड्वालले लगातार हिट प्रस्तुति दिएर तहल्का मच्चाउका छन् । सिजन ३ मा संगीतका उस्ताद भनेर चिनिएका प्रविणले लगातार हिट प्रस्तुति दिएसँगै उनी सर्वाधिक अवार्ड जित्ने प्रतियोगीहरुमध्येमा पनि परेका छन् । प्रविण सिजन ३ मा सर्वाधिक अवार्ड जित्ने मध्ये दोस्रो स्थानमा छन् । उनले ७ वटा अवार्ड जितिसकेका छन् । उनीभन्दा एउटा अवार्ड बढी जित्दै ८ वटा अवार्ड सहित सज्जा चौलागाई अवार्ड विजेताको पहिलो स्थानमा छिन् । प्रविणले गाला राउण्डको छैटौँ हप्ताको समाप्तिसँगै जितेको अवार्डको संख्या ७ वटा पुगेको हो । उनले उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको सदाबहार गीत ‘तिम्रो जस्तो मुटु’ गाएका थिए । विशेष अतिथि सहित सबै निर्णायकलाई पटक पटक रोमाञ्चक बनाउँदै प्रस्तुति दिएका प्रविणलाई सबैले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायकहरु उनको प्रशंसाका लागि स्टेजमै पुगेका थिए । हेरौँ भिडियो–

प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् । उनले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र चौथो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिका क्रममा पनि ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड नै जितेका थिए । त्यस्तै उनले चौथो हप्ताकै सोलो पर्फोमेन्सका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र केविन ग्लान तामाङ, सज्जा चौलागाई र मेघा श्रेष्ठसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । साथै पाँचौँ हप्ता उनले सज्जा चौलागाईसँगको प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र पाँचौँ हप्ता नै उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा सज्जा चौलागाईसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जिेतका थिए ।

बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । उनले गाला राउण्डको पहिलो हप्ता नरेन्द्र प्यासीको आवाजमा रहेको ‘के भुल भयो प्रिया’ बोलको गीत गाएर ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ को अवार्ड समेत जितेका थिए ।निर्णायक कालिप्रसाद बासकोटाले उनलाई उस्तादको संज्ञा समेत दिएका थिए । उनको प्रस्तुति नै सिजन ३ को गाला राउण्डमा पहिलो रेष्पेक्ट पर्फोमेन्स बन्न सफल भएको थियो । नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका प्रविण २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ११ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । साँगितिक परिवारमा नहुर्के पनि उनी संगीतको क्षेत्रमा सानैदेखि सक्रिय छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले ।

सुरुमा रिझाउन नसकिएको परिवारले पनि नेपाल आईडलमा आएपछि उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । बुवा भनेको नमान्दै ‘संगीत कि घर’ भन्ने अप्सनमा उनले संगीतलाई रोजेका थिए । त्यसैकारण प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर संगीत क्षेत्रमै लागेर प्रसिद्धि कमाएका कारण अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् । प्रविणको भोटिङ कोड एनआई ०९ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०९ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*