गोल्डेन माईक विजेता मेघालाई ६ वटा अवार्ड

२० फाल्गुन २०७६, मंगलवार १७:१४
Featured Video Play Icon

मकवानपुर, २० फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ७ मा पर्न सफल मेघा श्रेष्ठले अर्को अवार्ड थप गरेका छन् । सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठले गाला राउण्डको छैटौँ हप्ताको समाप्तिसँगै जितेको कअवार्डको संख्या ६ वटा पुगेको हो । मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् । मेघाले उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा निमा रुम्बाको आवाजमा रहेको ‘मायालु’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनको सोही प्रस्तुतिका आधारमा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी हुन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा र तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेकी थिईन् । हेर्नुहोस् भिडियो–

उनले चौथो हप्ता केविन ग्लान तामाङ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । मेघाको भोटिङ कोड एनआई ०५ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०५ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मापःर्mत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघो औपचारिक रुपमा संगीत भने नसिकेको बताउँछिन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीत गुनगुनाउँछन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*