खबपुलाई सर्वाधिक भोट, बन्लान त कमेडी च्याम्पियन ?

१९ फाल्गुन २०७६, सोमबार २१:११
Featured Video Play Icon

मकवानपुर, १९ फागुन । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा रोल्पाली कमेडियन खड्गबहादुर पुन मगरलाई सर्वाधिक भोट प्राप्त भएको छ । खबपुका नामले परिचित खड्गलाई फाईनलमा पुग्ने क्रममा दर्शकले सर्वाधिक भोट प्रदान गरेका हुन् । उनले वाईल्डकार्ड ईन्ट्रीका क्रममा पनि सर्वाधिक भोट प्राप्त गरेका थिए । प्रतियोगिताको फाईनलका लागि खड्गबहादुर पुन मगरसँगै हिमेश पन्त र सुमन कोईराला छानिएका छन् । फाईनालिष्टहरु छानिएसँगै यस रियालिटी शोको फाईनल भिडन्त पनि तय गरिएको छ । यही आउँदो चैत १ गते हुने फाईनलबाट पहिलो कमेडी च्याम्पियनको छनौट गरिनेछ । हेरौँ भिडियो–

रोल्पा निवासी खड्गबहादुर वाईल्ड कार्ड ईन्ट्रीमा सर्वाधिक भोट प्राप्त गर्दै उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । त्यस पश्चात भोटिङमार्फत उनी उत्कृष्ट ६ हुँदै उत्कृष्ट ५ मा पुगेका थिए । उत्कृष्ट ५ बाट उनी पर्फोमर अफ द राउण्ड हुँदै उत्कृष्ट ४ मा प्रवेश गरेका हुन् । त्यशपश्चात भने उनी पून सर्वाधिक भोट प्राप्त गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उनको सरल कमेडीले सबैको मन जित्ने गरेको छ । उनी सरल कुरा र ग्रामिण परिवेशलाई थपक्क टिपेर राजनीति देखि वर्तमान समयसम्मको कमेडी गर्न माहिर छन् । उनी दर्शकहरुमाझ प्रसिद्ध भएकाले सर्वाधिक भोट सहित विजेता बन्ने सम्भावना प्रवल छ । उनले प्रिफाईनलको प्रस्तुतिका क्रममा पनि सरल कमेडी गर्दै तिखो व्यङ्ग्य गरेका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियककोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*