सज्जाले बनाईन् अवार्डको नयाँ रेकर्ड

१९ फाल्गुन २०७६, सोमबार २१:०५
Featured Video Play Icon

मकवानपुर, १९ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ७ मा छनौट भएका प्रतियोगीहरुमध्ये मोरङकी सज्जा चौलागाईँले नयाँ रेकर्ड बनाएकी छिन् । सज्जाले गाला राउण्डको उत्कृष्ट ७ छनौट भएको दिनसम्ममा ८ वटा अवार्ड प्राप्त गरेकी छिन् । यो सिजनमा ८ वटा अवार्ड प्राप्त गर्ने सज्जा मात्र एक प्रतियोगी हुन् । उनीपछि प्रविण बेड्वाल सर्वाधिक ६ वटा अवार्ड प्राप्त गरिसकेका छन् । नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जित्ने प्रतियोगीमध्येकी एक सज्जाले गाला राउण्डको छैटौँ हप्तासम्ममा ८ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । हेरौँ भिडियो–

त्यस्तै गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा पनि कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा सज्जाले प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ताको बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी छिन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जाले साँगितिक दुनियाँमा ६ वर्षदेखि लागिपरिहेकी छिन् । सानैदेखि गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध उनलाई ब्याण्ड मेम्बरहरुले साँगितिक करियर निर्माणकालागि निकै सहयोग गरेका छन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

सज्जाको भोटिङ कोड एनआई ११ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७११ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्ुनहुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*